Naya Media
शनिबार, बैशाख १२, २०८३
| | April 25, 2026
शनिबार, बैशाख १२, २०८३

अब १० किलोमाथि सुन र ८० किलोमाथि चाँदी किन्न गभर्नरको अनिवार्य स्वीकृति लिनुपर्ने

User Photo बिहिबार, अशोज १८, २०७५

पछिल्लो समय सुन तस्करी बढ्दै गएपछि सुन खरिदमा नयाँ नियम लागु भएको छ । अब १० किलो सुन खरिद गर्नका लागि नेपाल राष्ट्र बैंकको गभर्नरबाट स्वीकृत लिनुपर्ने व्यवस्था लागु भएको हो।

नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ११० को उपदफा (३) ले दिएको अधिकार प्रयोग गरी बनाइएको  नयाँ  कार्यविधिमा १० किलो भन्दा धेरै सुन र ८० किलोभन्दा धेरै चाँदी खरिद गर्नु परे गभर्नरबाट स्वीकृत लिनुपर्ने छ।

त्यस्तै १० किलोसम्म सुन र ८० किलोसम्म चाँदी खरिदका लागि डेपुटी गभर्नरबाट स्वीकृत गराउनुपर्नेछ भने ५ किलो सुन र ५० किलो चाँदी खरिद गर्न परे मुद्रा व्यवस्थापन विभागबाट सोझै स्वीकृत लिन सकिने कार्यविधिमा व्यवस्था गरिएको छ ।

नयाँ कार्यविधि अनुसार आवश्यक सुनचाँदी तथा अन्य धातु प्रचलित ऐन तथा विनियमावलीमा तोकिए बमोजिमको प्रक्रिया अवलम्बन गरी स्वदेशी तथा अन्तर्राष्ट्रिय बजारबाट खरिद गर्न सकिनेछ। यसरी खरिद गरिने सुन तथा चाँदीको गुणस्तर ९९९.९ टचको हुनुपर्नेछ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.