अब १० किलोमाथि सुन र ८० किलोमाथि चाँदी किन्न गभर्नरको अनिवार्य स्वीकृति लिनुपर्ने

बिहिबार, अशोज १८, २०७५, । 

पछिल्लो समय सुन तस्करी बढ्दै गएपछि सुन खरिदमा नयाँ नियम लागु भएको छ । अब १० किलो सुन खरिद गर्नका लागि नेपाल राष्ट्र बैंकको गभर्नरबाट स्वीकृत लिनुपर्ने व्यवस्था लागु भएको हो।

नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ११० को उपदफा (३) ले दिएको अधिकार प्रयोग गरी बनाइएको  नयाँ  कार्यविधिमा १० किलो भन्दा धेरै सुन र ८० किलोभन्दा धेरै चाँदी खरिद गर्नु परे गभर्नरबाट स्वीकृत लिनुपर्ने छ।

त्यस्तै १० किलोसम्म सुन र ८० किलोसम्म चाँदी खरिदका लागि डेपुटी गभर्नरबाट स्वीकृत गराउनुपर्नेछ भने ५ किलो सुन र ५० किलो चाँदी खरिद गर्न परे मुद्रा व्यवस्थापन विभागबाट सोझै स्वीकृत लिन सकिने कार्यविधिमा व्यवस्था गरिएको छ ।

नयाँ कार्यविधि अनुसार आवश्यक सुनचाँदी तथा अन्य धातु प्रचलित ऐन तथा विनियमावलीमा तोकिए बमोजिमको प्रक्रिया अवलम्बन गरी स्वदेशी तथा अन्तर्राष्ट्रिय बजारबाट खरिद गर्न सकिनेछ। यसरी खरिद गरिने सुन तथा चाँदीको गुणस्तर ९९९.९ टचको हुनुपर्नेछ।

यो सामाग्री पढेर तपाईलाई कस्तो महसुस भयो ?

बिहिबार, अशोज १८, २०७५ (October 4, 2018, 1:22 pm) मा द्वारा Uncategorized अन्तर्गत प्रकाशित

प्रतिकृया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *


फेसबुकबाट प्रतिक्रिया

भर्खरै