Naya Media
बुधबार, फाल्गुन ६, २०८२
| | February 18, 2026
बुधबार, फाल्गुन ६, २०८२

सत्तारुढ दलकै विद्यार्थी संगठनले मागे आइजिपीको राजीनामा, गृहमन्त्रीलाई सातबुँदे ज्ञापनपत्र

User Photo बिहिबार, अशोज १८, २०७५

प्रहरी महानिरीक्षक (आइजिपी) सर्वेन्द्र खनालको राजीनामा माग गर्दै सत्तारुढ दलको विद्यार्थी संगठनले गृहमन्त्री रामबहादुर थापा (बादल) समक्ष ज्ञापनपत्र बुझाएका छन्।

विद्यार्थी संगठन अनेरास्वियु र अनेरास्ववियु (क्रान्तिकारी) ले आइजिपीले आफ्नो पद अनुसारको काम गर्न नसकेको भन्दै राजीनामा मागसहित ज्ञापनपत्र बुझाएका हुन्।

बलात्कार, एसिड आक्रमण लगायतका घटना दैनिक बढिरहँदा पनि प्रहरी प्रशासनले काम गर्न नसकेको भन्दै आइजिपीको चर्को आलोचना भएपछि बाध्य भएर राजीनामा माग गरिएको अनेरास्वियुले जनाएको छ । प्रहरीको नेतृत्वनै कमजोर भएकाले दैनिक अपराधका घटना बढेको अनेरास्वियुले आरोप लगाएको छ।

निर्मला हत्या अनुसन्धानमा बम दिदीबहिनी, प्रमाण मेट्ने प्रहरीमाथि अनुसन्धान केन्द्रित गर्न, छानबिन समितिको निष्कर्ष सार्वजनिक गर्न पनि विज्ञप्तिमा माग गरिएको छ।

उनीहरुले यातायातको साधनमा बढाइएको भाडा फिर्त गर्न र महँगी, कालोबजारी नियन्त्रण गर्न पनि भनेका छन्।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.