Kanoon Post
शुक्रबार, बैशाख ७, २०८१/ April 19, 2024,
शुक्रबार, बैशाख ७, २०८१

Trending :

No tags found.

‘निर्मलाका लागि न्याय अभियान’का समर्थकहरुद्वारा छापामार शैलीमा प्रदर्शन

‘निर्मलाका लागि न्याय अभियान’ का समर्थकहरुले आज छापामार शैलीमा सिंहदरबारको दक्षिण गेटअगाडि जम्मा भएर केही बेर धर्ना दिएका छन् ।

निषेधित क्षेत्रमा पर्ने उक्त स्थानमा प्रदर्शकारीहरु योजनावद्ध रुपमा जम्मा भइ एक्कासी गेट अगाडि पुगेर ब्यानर र प्लेकार्ड प्रदर्शन गर्न थालेका थिए ।

गेटमा सुरक्षाका लागि तैनाथ नेपाली प्रहरीलाई प्रदर्शकारी नियन्त्रणमा राख्न हम्मे–हम्मे परेको थियो ।

तर, केही समयपछि थप प्रहरी बल गेटमा पुगेपछि समर्थकहरु आफैं त्यहाँबाट हटेका थिए ।

‘निर्मलाका लागि न्याय अभियान’ का समर्थकहरुले निर्मालाको बलात्कारी र हत्यारालाई तुरुन्त पक्राउ गरी कारवाही हुनुपर्ने, निलम्बन गरिएका एसपी डिल्ली विष्टलाई विभागीय कारवाही मात्रै नभएर फौजदारी कानुन अन्तर्गत कारवाही गर्नुपर्ने लगायतका माग गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट


Naya Media

सञ्चालक
एक्टिभ प्रेस प्रा.लि.

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

nayamedia.com@gmail.com

© 2016 - 2024 Active Press Pvt.Ltd. All Rights Reserved.

Discover more from NayaMedia

Subscribe now to keep reading and get access to the full archive.

Continue reading