Naya Media
आइतवार, बैशाख १३, २०८३
| | April 26, 2026
आइतवार, बैशाख १३, २०८३

सरकारसँगै छैन वाइड बडी किनेको प्रमाण, पर्यटनमन्त्री भन्छन्– मसँग कागज छैन

User Photo सोमवार, मंसिर ३, २०७५

काठमाडौं । नेपाल एयरलाइन्सको पहिलो वाइड बडी विमान आएको ५ महिना भयो। दोस्रो– ४ महिना। पर्यटनमन्त्री स्वयं अझै दोधारमा छन्– यी किनिएका हुन् कि भाडामा ! प्रमाण मागेर तुरुन्त हेर्न सक्ने मन्त्री रवीन्द्र अधिकारी बरु ‘ब्रह्म’ ले अनुमान गर्छन्, ‘भाडामा त नहुनु पर्ने हो !’ उनले आफूसँग किनेको ठोस प्रमाण भने नभएको प्रस्ट पारे।

एपी वान टेलिभिजनको ‘तमसोमा ज्योतिर्गमय’ कार्यक्रमका लागि टीकाराम यात्रीलाई अन्तर्वार्ता दिँदै उनले प्रतिबद्धता जनाए, ‘म यसमा गम्भीरतापूर्वक छानबिन गराउँछु। साढे २ महिनाभित्र निचोड दिनेछु।’

वाइड बडी किनेको प्रमाण सरकारसँग छ कि छैन ? भन्ने प्रश्नमा उनले भने, ‘किनिएको भन्ने नभई सञ्चय कोषले कसरी ऋण दियो होला ? नागरिक लगानी कोषले कसरी ऋण दियो होला ?

अर्थ मन्त्रालयले कसरी स्वीकृति दियो होला ? प्रश्न उठिसकेपछि त्यसमाथि पनि हेर्नुपर्छ। तर आज मसँग त त्यो त छैन। मैले त त्यही भएका डकुमेन्टहरू हेर्ने हो। डकुमेन्ट हेर्न पनि मलाई त विज्ञ चाहिन्छ।’अन्नपूर्ण पोस्ट्मा


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.