विदेशीलाई नागरिकता !

बिहिबार, मंसिर ६, २०७५, । 

उदयपुर। भारतीय महिला लजिना खातुनलाई नेपाली नागरिकता दिएको विषयमा स्थानीय प्रशासनले छानविन सुरु गरेको छ ।

छानविनका क्रममा लजिनाको नागरिकताका लागि सिफारिस सर्जमिन मुचुल्का सहीछाप गर्ने दर्जनभन्दा बढीसँग बयान लिइएको छ ।

झुटो विवरण पेस गरी त्रियुगा नगरपालिका १०, बोक्से बस्ने भारतीय लजिनाले नेपाली नागरिकता लिएकी थिइन् ।

भारतीय नागरिकसँग विवाह गरेकी दिल मोहमदकी ३१ बर्षीया छोरी लजिनालाई स्थानीयको अविवाहित सर्जजमिन मुचुल्कासहित त्रियुगा नगरपालिका १० का वडाध्यक्ष प्रकाश खडकाको सिफारिसमा नेपाली नागरिकता दिइएको हो ।,  कान्तिपुर दैनिक

यो सामाग्री पढेर तपाईलाई कस्तो महसुस भयो ?

बिहिबार, मंसिर ६, २०७५ (November 22, 2018, 7:20 am) मा द्वारा Uncategorized अन्तर्गत प्रकाशित

प्रतिकृया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *


फेसबुकबाट प्रतिक्रिया

भर्खरै