Naya Media
आइतवार, फाल्गुन २४, २०८२
| | March 8, 2026
आइतवार, फाल्गुन २४, २०८२

कल डिटेल्स: रेशम चौधरी घटनास्थलमै थिए’

User Photo बिहिबार, फाल्गुन २३, २०७५

टीकापुर नरसंहारमा आफ्नो संलग्नता अस्वीकार गर्दै आएका निलम्बित सांसद रेशमलाल चौधरी घटनास्थलमै भएको उनको कल डिटेल्स र बीटीएस रेकर्डले देखाएको छ ।

टीकापुर नरसंहारका सम्बन्धमा बुधबार जिल्ला अदालत कैलालीले फैसला गर्दै चौधरीसहित ११ जनालाई जन्मकैदको फैसला सुनाइसकेको छ ।

फैसला सुनाउनुअघि रेशमलाल चौधरीले आफू घटनास्थलमा नभएको र घटनामा आफ्नो संलग्नता नरेको दाबी गरे पनि चौधरीको कल रेकर्ड र बीटीएस रेकर्डबाट चौधरीले झूट बोलेको पुष्टि भएको अदालतको ठहरमा उल्लेख छ ।

१ सय ९७ पृष्ठ लामो फैसलाको पूर्ण पाठमा अदालतले कल डिटेल्स तथा बीटीएस टावर रेकर्डका आधारमा चौधरीको संलग्नता पुष्टिको आधार तयार हुने लेखिएको छ ।

प्रतिवादीको बयान : प्रहरीलाई मारेपछि रेशमलाल चौधरीले काँधमा राखेर भने, ‘बधाई छ भाइ’ (फैसलाको पूर्णपाठसहित)
फैसलामा लेखिएको छ,

‘यस अदालतमा बयान गर्दा प्रतिवादी करन चौधरी कसुर अपराधमा पूर्ण साविती रही बयान गरेका प्रतिवादीमध्येका रामप्रसाद चौधरी, हरिनारायण चौधरी, राजकुमार कठरिया, दिलबहादुर चौधरी, सुन्दरलाल चौधरी, बृजमोहन डगौराले कसुर अपराध गरेका होइनौं भने तापनि आन्दोलनमा प्लेकार्ड बोकी गएको कुरा स्वीकार गरी अदालतमा बकपत्र गरेका स्वयम् मुख्य आरोपी रेशमलाल चौधरी वारदात भएको दिन ११ः०० बजेसम्म टीकापुरमै थिए, कुरा नमिलेपछि बर्दियातिर गएको हुँ भनी कसुरमा इन्कार रहे पनि वारदात भएको दिनको २ः०० बजेसम्म निजको फोन लम्की टावरमा रेकर्ड बीटीएस प्रतिवेदनबाट देखिन्छ ।’

यसरी सरकारी वकिलको तर्फबाट दायर गरिएको रिटमा प्रहरीले रेशमलाल चौधरीसहित कल डिटेल्स र बीटीएस लोकेसन डिटेल्समेत पेश गरेको थियो ।

मोबाइल नेटवर्कमा बीटीएस टावरको प्रयोग गरिन्छ । बीटीएस भन्नाले बेस ट्रान्सरिसिभर स्टेसन हो । यो टावर रहेको स्थानबाट कुनै मोबाइल प्रयोगकर्ताले कुराकानी गरेमा त्यसको रेकर्ड यस टावर मातहत रहन्छ । यो सिस्टमले टावरबाट पूर्व, पश्चिम, उत्तर, दक्षिण कतातिर कति मिटर वा किलोमिटरको दूरीमा प्रयोगकर्ता छ भनेर पत्ता लगाउन सक्छ ।

प्रहरीले यही बीटीएस रिपोर्टका आधारमा घटनाको दिन २ बजेसम्म पनि उनी लम्की टावरको क्षेत्रभित्रै रहेको र घटनामा प्रत्यक्ष संलग्न रहेको जिकिर गरेको थियो ।

अदालतले फैसला गर्ने क्रममा पनि कल डिटेल्स र बीटीएस रेकर्डलाई समेत आधार मान्दै चौधरी घटनामा प्रत्यक्ष संलग्न रहेको भन्दै दोषी ठहर गरेको छ ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.