Naya Media
शुक्रबार, जेष्ठ ३०, २०८२
| | June 13, 2025
शुक्रबार, जेष्ठ ३०, २०८२
Advertisement

कल डिटेल्स: रेशम चौधरी घटनास्थलमै थिए’

User Photo
बिहिबार, फाल्गुन २३, २०७५

टीकापुर नरसंहारमा आफ्नो संलग्नता अस्वीकार गर्दै आएका निलम्बित सांसद रेशमलाल चौधरी घटनास्थलमै भएको उनको कल डिटेल्स र बीटीएस रेकर्डले देखाएको छ ।

टीकापुर नरसंहारका सम्बन्धमा बुधबार जिल्ला अदालत कैलालीले फैसला गर्दै चौधरीसहित ११ जनालाई जन्मकैदको फैसला सुनाइसकेको छ ।


advertisement

फैसला सुनाउनुअघि रेशमलाल चौधरीले आफू घटनास्थलमा नभएको र घटनामा आफ्नो संलग्नता नरेको दाबी गरे पनि चौधरीको कल रेकर्ड र बीटीएस रेकर्डबाट चौधरीले झूट बोलेको पुष्टि भएको अदालतको ठहरमा उल्लेख छ ।

१ सय ९७ पृष्ठ लामो फैसलाको पूर्ण पाठमा अदालतले कल डिटेल्स तथा बीटीएस टावर रेकर्डका आधारमा चौधरीको संलग्नता पुष्टिको आधार तयार हुने लेखिएको छ ।

प्रतिवादीको बयान : प्रहरीलाई मारेपछि रेशमलाल चौधरीले काँधमा राखेर भने, ‘बधाई छ भाइ’ (फैसलाको पूर्णपाठसहित)
फैसलामा लेखिएको छ,

‘यस अदालतमा बयान गर्दा प्रतिवादी करन चौधरी कसुर अपराधमा पूर्ण साविती रही बयान गरेका प्रतिवादीमध्येका रामप्रसाद चौधरी, हरिनारायण चौधरी, राजकुमार कठरिया, दिलबहादुर चौधरी, सुन्दरलाल चौधरी, बृजमोहन डगौराले कसुर अपराध गरेका होइनौं भने तापनि आन्दोलनमा प्लेकार्ड बोकी गएको कुरा स्वीकार गरी अदालतमा बकपत्र गरेका स्वयम् मुख्य आरोपी रेशमलाल चौधरी वारदात भएको दिन ११ः०० बजेसम्म टीकापुरमै थिए, कुरा नमिलेपछि बर्दियातिर गएको हुँ भनी कसुरमा इन्कार रहे पनि वारदात भएको दिनको २ः०० बजेसम्म निजको फोन लम्की टावरमा रेकर्ड बीटीएस प्रतिवेदनबाट देखिन्छ ।’

यसरी सरकारी वकिलको तर्फबाट दायर गरिएको रिटमा प्रहरीले रेशमलाल चौधरीसहित कल डिटेल्स र बीटीएस लोकेसन डिटेल्समेत पेश गरेको थियो ।

मोबाइल नेटवर्कमा बीटीएस टावरको प्रयोग गरिन्छ । बीटीएस भन्नाले बेस ट्रान्सरिसिभर स्टेसन हो । यो टावर रहेको स्थानबाट कुनै मोबाइल प्रयोगकर्ताले कुराकानी गरेमा त्यसको रेकर्ड यस टावर मातहत रहन्छ । यो सिस्टमले टावरबाट पूर्व, पश्चिम, उत्तर, दक्षिण कतातिर कति मिटर वा किलोमिटरको दूरीमा प्रयोगकर्ता छ भनेर पत्ता लगाउन सक्छ ।

प्रहरीले यही बीटीएस रिपोर्टका आधारमा घटनाको दिन २ बजेसम्म पनि उनी लम्की टावरको क्षेत्रभित्रै रहेको र घटनामा प्रत्यक्ष संलग्न रहेको जिकिर गरेको थियो ।

अदालतले फैसला गर्ने क्रममा पनि कल डिटेल्स र बीटीएस रेकर्डलाई समेत आधार मान्दै चौधरी घटनामा प्रत्यक्ष संलग्न रहेको भन्दै दोषी ठहर गरेको छ ।


Photo

नयाँ मिडिया डट कम एक्टिभ प्रेस प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


सञ्चालक
एक्टिभ प्रेस प्रा.लि.

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

nayamedia.com@gmail.com

© 2016 - 2025 Active Press Pvt.Ltd. All Rights Reserved.