Naya Media
सोमवार, माघ २६, २०८२
| | February 9, 2026
सोमवार, माघ २६, २०८२

चुनाबमा बोलेका कुरा बिर्सेको छैन : सांसद रावल

User Photo आइतवार, फाल्गुन २६, २०७५

बिच भुरुवा ग्रामिण बिद्युत सहकारी संस्थाको १३ औ बार्षिक साधारण सभा आज भएको छ ।
संस्थाका अध्यक्ष बुद्धिमान जैशी बसन्तको सभापतित्वमा भएको कार्यक्रमको १३ औ बार्षिक साधारण सभाको उत्घाटन कैलाली निर्वाचन क्षेत्र नं.२ का संघिय सांसद झपट बहादुर रावलको प्रमुख आथित्यमा भएको छ यस्तै बिशिष्ठ अतिथिमा लम्कीचुहा नगरपालिका नगर प्रमुख महादेव बजगाई र मोहोन्याल गाउँपालिका अध्यक्ष नवल सिह रावल रहनु भएको थियो ।

बि.स २०६३ साल चैत्र ०२ गते सहकारी डिभीजन कार्यलयमा विधीवत दर्ता भई स्थापना भएको बिद्युत सहकारी संस्थाले बालकल्याण टोल, आदर्शनगर(कुन्टीखेत), विच भुरुवा,तिल्केनी,कालीकास्कुल टोल,चर्च टोल, राजिपुर टोल र सरस्वती टोल हुदै करिव १४ किलोमिटर क्षेत्रमा विधुत सेवा प्रवाह गरिरहे छ ।
संस्थाको स्थापना कालमा करिव ४७८ जना मात्र शेयर सदस्य उपभोक्ता रहेको थिए भने हाल आएर उक्त उपभोक्त संख्या ८०५ जना पुगेका छन ।
संस्थाबाट प्रवाह गरिएको बिद्युतबाट नियमीत २ वटा राईस मिल सञ्चालनमा रहेका छन् ।

बि.स २०७३ फागुन ०८ गतेका दिन बिद्युत सहकारी संस्थाको निर्वाचन भयो र निर्वाचिनबाट बुद्धिमान जैसि (बसन्त) को अध्यक्षतामा ८ सदस्यीय नयाँ कार्यसमिती चयन गरिएको थियो

स्थापनाकालमा ४७४ उपभोक्ताको मागलाई मध्यनजर गर्दै जडान गरीएको ट्रान्सफर्मर हाल उपभोक्ता संख्या करिब दोब्बर भई उक्त ट्रान्सफर्मरले उपभोक्तको मागलाई धन्न नसक्ने भएकोले स्थानिय निकाय नगरपालिका र वडाको आर्थिक सहयोगमा नयाँ ट्रान्समिटर जडान कार्य जारी रहेको छ ।
आज भएको कार्यक्रमको प्रमुख अतिथि रावलले बिच भुरुवा ग्रामिण बिद्युत सहकारी संस्थाबाट अरुले पनि पाठ सिक्नु पर्ने बताउनु भयो ।
विशिष्ठ अतिथि लम्कीचुहा नगरपालिका नगर प्रमुख महादेव बजगाई र मोहोन्याल गाउँपालिका अध्यक्ष नवल सिह रावलले स्थानीय सरकारले अबका दिनमा विजुली सबै जनताका बीच पुगेकाले नपुगेका ठाउमा पुगाउने प्रतिबद्धता जनाउनु भयो ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.