Naya Media
सोमवार, बैशाख १४, २०८३
| | April 27, 2026
सोमवार, बैशाख १४, २०८३

अदालतको आदेश विपरित नागरिकता वितरण हुदैन – गृहमन्त्री

शान्ति-सुरक्षा कायम गर्न सरकार प्रतिबद्ध

User Photo शनिबार, बैशाख १४, २०७६

नागरिकता वितरण सम्बन्धमा अदालतको आदेशअनुसार हुने भएकाे छ। प्रदेश २ को सुरक्षा गोष्ठीमा संचारकर्मीहरुसँग साक्षात्कार गर्दै गृहमन्त्री थापाले गृह मन्त्रालय अदालतको आदेशअनुसार नै अघि बढ्ने बताउनुभएकाे हाे ।साथै देशमा शान्ति-सुरक्षा कायम गर्न सरकार प्रतिबद्ध रहेको पनि गृहमन्त्री रामबहादुर थापा बादलले बताउनुभयाे ।

सुरक्षा गोष्ठीको सुरुमै नागरिकताको पछिल्लो निर्णयबारे सोधिएको प्रश्नको जवाफमा उहाँले गृह मन्त्रालय अदालतको आदेशअनुसार नै अघि बढ्ने बताउनुभयाे । संघीयता विरोधी कुनै प्रकारको विधेयक संघीय सरकारले नल्याएको जिकिर पनि उहाँले गर्नुभयो ।

उहाँले संविधानमा दोहरो सिडिओको प्रावधान नरहेको बताउनुभयो । सञ्चारकर्मीको एक प्रश्नमा बोल्दै मन्त्री थापाले भन्नुभयाे, ‘हाम्रो संविधानमा कहीँ पनि दोहरो प्रमुख जिल्ला अधिकारीको व्यवस्था रहेको छैन, कस्ले के भने मलाई थाहा छैन ।’

देशमा अस्थिरता र अशान्ति फैलाउने गलत तत्वलाई निस्तेज र नियन्त्रण गर्ने राज्यनीति नै अबलम्बन गरेको जिकिर गर्दै उहाँले राज्य र संविधान विरोधी क्रियाकलाप कुनै हालतमा स्वीकार नहुने बताउनुभयो ।

एक अलग प्रसंगमा उहाँले आउने दिनमा नेपालको आर्थिक वृद्धि दर साढे ६ प्रतिशतले बढ्नेसमेत बताउनुभएको छ ।

गृह सचिव प्रेम कुमार राईको अध्यक्षमा सुरु भएको सुरक्षासम्बन्धी गोष्ठीको दोश्रो दिन नेपाल प्रहरीका आईजीपी सर्वेन्द्र खनालसहित प्रदेश २ का आठवटै जिल्लाका प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुखहरुलगायतको उपस्थिति रहेको छ ।

प्रदेश २ का आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र यादवको भने साे गाेष्ठीमा उपस्थिति देखिएको थिएन ।

त्यस्तै देशमा शान्ति-सुरक्षा कायम गर्न सरकार प्रतिबद्ध रहेको गृहमन्त्री रामबहादुर थापा बादलले बताउनुभएको छ ।

प्रदेश २ को सुरक्षा गोष्ठीमा संचारकर्मीहरुसँग साक्षात्कार गर्दै गृहमन्त्री थापाले देशले पछिल्लो समय सुसाशनको दिशामा उपलब्धि प्राप्त गरेको बताउनुभएको हो ।

उहाँले स्वतन्त्रमधेशको नारा दिनेलाई समेत मूलधारमा ल्याउन सफल भएको जिकिर गर्दै अन्य समूहलाई पनि राज्यको मूल धारमा ल्याउने सरकारको योजना रहेको बताउनुभएको छ ।

जनकपुरमा दुई दिनदेखि जारी प्रदेशस्तरीय सुरक्षा गोष्ठीको दोश्रो दिन प्रमुख अतिथिको रुपमा उपस्थित हुनुभएका गृहमन्त्री थापाले प्रदेश सरकारले अब संघीयतामा प्रहरी परिचालन गर्न पाउनेसमेत बताउनुभएको छ । प्रदेशमा रहेका प्रहरी प्रदेश मातहत नै रहने उहाँले स्पस्ट पार्नुभयो ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.