पोखराको अमरसिंहचोक नजिकै रहेको उत्तमचोकमा प्रहरी र लागु औषध कारोबारीबीच गोली हानाहान भएको छ । अमरसिंह चोक नजिकै रहेको उत्तमचोकमा रहेको एक रेष्टुरेष्टमा गोली चलेको हो । चेकजाँचका क्रममा उक्त रेष्टुरेष्टमा प्रहरी पुगेपछि प्रहरीलाई लागु औषध कारोबारीले दाउराले प्रहार गरेपछि प्रहरीले जवाफी फायर खोलेको हो ।
प्रहरीको गोली लागि लागु औषध कारोबारी ३० वर्षीय गोविन्द थापा घाइते भएका छन् । घाइतेको पोखरास्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचारका लागि लगिएको छ । त्यस्तै प्रहरीतर्फ पनि एक जना घाइते भएका छन् ।
उनको पार्कल्याण्ड अस्पतालामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । प्रहरी घटनामा संलग्न २ जनालाई नियन्त्रणमा लिएको जनाएको छ । उनीहरुबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कासकीका प्रमुख दानबहादुर कार्कीले रातोपाटीलाई बताए ।
