Naya Media
बुधबार, असार १०, २०८३
| | June 24, 2026
बुधबार, असार १०, २०८३

भारतीय सेना आएर यातना

सुरक्षाकर्मीले करेन्ट लगाए

User Photo शुक्रबार, भदौ १३, २०७६
काठमाण्डाै ।

काठमाडौं । कश्मीरका स्थानीयले भारतीय सेना आएर आफूहरूलाई यातना दिएको आरोप लगाएका छन् । भारतले कश्मीरलाई दिएको विशेषाधिकार खोस्ने निर्णय गर्नुअघि नै कुटपिट र यातना दिइएको गाउँलेहरुको भनाइ छ ।

बीबीसीले तयार पारेको एक रिपोर्टअनुसार, भारतीय सुरक्षाकर्मीले करेन्ट लगाएर आफूहरूलाई यातना दिएको गुनासो कश्मीरका गाउँलेहरूले गरेका छन् । यसका अतिरिक्त लौरो र तार पनि कुटपिटमा प्रयोग भएको थियो । कुटपिटबाट केही गाउँलेहरूको शरीरमा चोट लागेको छ । अधिकारीहरूले यसको पुष्टि भने गरेका छैनन् ।

यस्तो आरोपपछि बीबीसीले भारतीय सेनाको प्रतिक्रिया लिएको छ । कुटपिट गरिएको कश्मीरका गाउँलेको भनाइलाई त्यहाँको सेनाले इन्कार गरेको छ । आरोप आधारहीन र निराधार भएको जिरह सेनाको छ ।

अगस्ट ५ मा भारत सरकारले जम्मु–कश्मीरलाई विशेष राज्यको मान्यता दिइएको संविधानको धारा ३७० खारेज गरेको थियो । त्यसयता यो क्षेत्र बन्द रहँदै आएको छ । भारतीय सरकारको विरोधमा भएका प्रदर्शनपछि दशौं हजार सैनिक ती क्षेत्रमा परिचालन गरिएको बीबीसी समाचारमा लेखिएको छ ।

बीबीसी रिपोर्टमा उल्लेख भएअनुसार, यो क्षेत्रका झन्डै तीन हजार मानिसलाई नियन्त्रणमा लिएर थुनामा राखिएको छ । यसरी राखिएकामा अभियानकर्मीदेखि नेता तथा सर्वसाधारणसम्म छन् । यीमध्ये अधिकांशलाई कश्मीर बाहिरका जेलहरूमा सारिएको छ


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.