Naya Media
बुधबार, असार १०, २०८३
| | June 24, 2026
बुधबार, असार १०, २०८३

टीकापुर घटना राजनीतिक विद्रोह हो : प्रचण्ड

User Photo आइतवार, भदौ २२, २०७६
काठमाण्डाै ।

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ०७२ भदौ ७ गते कैलालीको टीकापुरमा भएको घटना राजनीतिक विद्रोह भएको बताएका छन् ।

थरुहट/थारुवान संयुक्त संघर्ष समितिको वार्ता टोलीका सदस्यहरूसँग आइतबार खुमलटारस्थित आफ्नो निवासमा भएको भेटमा उनले यस्तो धारणा राखेका हुन् ।

‘टीकापुर घटना थारुहरूले गरेको राजनीतिक विद्रोह हो’ भेटमा सहभागी एक सदस्यले प्रचण्डको भनाइ उधृत गर्दै भने, ‘निर्दोष थारुहरूमाथि मुद्दा लाग्नु उचित होइन ।’

टीकापुर घटनाको राजनीतिक समाधान निकाल्नुपर्ने अध्यक्ष प्रचण्डको भनाइ थियो ।

टीकापुरमा ७ भदौ ०७२ मा एक नाबालकसहित सात प्रहरीको हत्यासम्बन्धी घटनामा २६ जनाविरुद्ध मुद्दा दायर भएको थियो । जिल्ला अदालत, कैलालीले ०७५ फागुन २२ गते तीनजनालाई निर्दोष सावित गरेको थियो । प्रतिनिधिसभाका सांसद रेशमलाल चौधरीसहित १२ जनालाई अदालतले जन्मकैदको फैसला सुनाएको थियो ।

तीन वर्ष कैद सजायँ सुनाइएका १५ जना रिहा भइसकेका छन् ।

प्रचण्डसँगको भेटमा थरुहट/थारुवान संयुक्त संघर्ष समितिले राजनीतिक सहमति गरेर थारु कल्याणकारिणी सभाका अध्यक्ष धनिराम थारु लगायतका थारु नेता, कार्यकर्ता माथि लगाइएको मुद्दा फिर्ता लिन माग गरेको छ ।

समितिले लोक सेवा आयोगको विज्ञापन खारेजी, गिरिशचन्द्र लाल अयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने लगायत ६ बुँदे माग राखेको छ ।

समितिका पदाधिकारीहरु यिनै माग लिएर नेकपा अध्यक्ष प्रचण्डसँग भेट गर्न आइतबार खुमलटार पुगेका थिए ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.