Naya Media
बुधबार, जेष्ठ २०, २०८३
| | June 3, 2026
बुधबार, जेष्ठ २०, २०८३

नगरपालिकाले थाल्यो भुस्याहा कुकुर मार्ने अभियान

User Photo शुक्रबार, भदौ २७, २०७६
काठमाण्डाै ।

बेसीसहर ।: रेविज संक्रमणबाट एक बालकको मृत्यु भएपछि लमजुङ सदरमुकाम बेसीसहरमा भुस्याहा कुकुर मार्न थालिएको छ ।

बेसीसहर नगरपालिकाले सरोकारवालाहरुसँग समन्वय गरी सदरमुकाम भित्रका भुस्याहा कुकुर मार्न थालेको हो । रेविज संक्रमित कुकुरको टोकाइबाट केही दिनअघि बेसीसहर बस्दैआएका मस्र्याङ्दी गाउँपालिका–३ खुदीका १२ वर्षीय सोदिप तामाङको मृत्यु भएको थियो ।

रेविज संक्रमित कुकुरले अन्य बालकालिकालाई पनि टोक्न थालेपछि भुस्याहा कुकुर मार्न थालिएको नगरपालिकाले जनाएको छ । बेसीसहर बजारमा रातिको समयमा टोली परिचालन गरी विष खुवाएर सडकमा भेटिएका कुकुरहरु मार्न थालिएको छ ।

नगरपालिकाका अनुसार बेसीसहर बजारभित्रका दर्जनभन्दा बढी कुकुरहरुलाई विष खुवाएर मारिसकिएको छ । भुस्याहा कुकुरहरुको व्यवस्थापनका लागि समुदायस्तरबाट नै आग्रह गरेपछि सरोकारवालाको समन्वयमा कुकुर व्यवस्थापन गर्न थालिएको बेसीसहर नगरपालिका प्रमुख गुमानसिंह अर्यालले बताए ।

‘शंकास्पद भुस्याहा कुकुरहरुलाई मार्ने र अन्य शंका नभएका कुकुरहरुलाई रेविज सुइ लगाएर छोडेका छौँ’, नगरप्रमुख अर्यालले भने । कुकुरको टोकाइबाट रेविज संक्रमण भएका बालकको मृत्यु भएपछि रेविजको संक्रमण अन्य धेरैसँग हुनसक्ने भन्दै सर्वसाधरणमा त्रास फैलिएको छ । पछिल्लो समय रेविज संक्रमणको डरले ४० जना भन्दा बढीले जिल्ला अस्पतालमा पुगेर रेविज विरुद्धको खोप लगाइसकेका छन् ।

नगरपालिकाले बेसीसहरस्थित घरपालुवा कुकुरलाई सुरक्षित रुपमा घरमा राख्न आग्रह गरेको छ । घरपालुवा कुकुरलाई रेविज विरुद्धको सुइ अनिवार्य लगाउन नगरपालिकाले सूचना जारी गरेको छ । घरपालुवा कुकुरले टोकी कुनै दुर्घटना भएमा घरधनी जिम्मेवार हुने समेत नगरपालिकाले चेतावनी दिएको छ ।

नगरपालिकाले रेविज लागेका शंकास्पद कुकुरलाई नियन्त्रण तथा व्यवस्थापन गर्न टोली परिचालन गरेको छ । घरपालुवा कुकुर धनीले अनिवार्य रुपमा कुकुर पालेको जानकारी नगरपालिकाको पशु सेवा शाखामा जानकारी गराउनुपर्ने पनि नगरपालिकाले जनाएको छ । नगरपालिकाको सूचनापछि भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रमा पुगेर ३० बढी घरपालुवा कुकुरहरुलाई रेविज विरुद्धको सुइ लगाइसकिएको छ ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.