Naya Media
बुधबार, जेष्ठ २०, २०८३
| | June 2, 2026
बुधबार, जेष्ठ २०, २०८३

दलित बस्तीमा जमिन्दारको डोजर

मुसहरको घर भत्काइ दिएपछि उनीहरु बिच्चली

User Photo सोमवार, माघ २०, २०७६
काठमाण्डाै ।

राजविराज । तीन पुस्तादेखि बसोवास गर्दै आएका सप्तरीको राजगढ गाउँपालिका-४ वेल्ही चपेनाका १२ मुसहर परिवारको घर भत्काइ दिएपछि उनीहरु बिच्चलीमा परेका छन् ।
न्याय माग्दै आइतबार सदरमुकाम राजविराज आएका उनीहरुले जिल्ला प्रशासन कार्यालय सप्तरीमा ज्ञापन पत्र बुझाउँदै पुनरवासको व्यवस्थापनका लागि आग्रह गरेका छन् ।

संविधानको धारा ४० को उपधारा (५) मा उल्लेख भएअनुसार ‘भूमिसम्बन्धी (सातौं संशोधन) ऐन २०७५’ मा भूमिहीन विपन्नलाई एक पटकका लागि तोकिएबमोजिम जमिन उपलब्ध गराउनुपर्ने विषय उल्लेख छ । तर, तीन पुस्तादेखि बसोवास गर्दै आएका राजगढ गाउँपालि-४ वेल्ही चपेनाका दलित मुसहर बस्ती हटाइदिएपछि १२ परिवारका एक सयभन्दा बढी मुसहर अलपत्र परेका छन ।

‘दुई शताब्दीभन्दा बढी भयो, हामी यहाँ बसावास गरेको’, फुदनदेवी सदाले भनिन्,‘ऐलानी जग्गा नै हो, हाम्रा पूर्वजले सुनाएका थिए ।’ तर, केही वर्षदेखि रामबहादुर मण्डलले बस्ती बसेको जग्गा आफ्नो रहेको भन्दै मुद्दा हालेका र अहिले बस्ती नै भत्काउन लगाएपछि आफूहरु अलपत्र परेको सदाले दुखेसो गरिन् ।

न्याय गुहार्दै आइतबार बालबालिका तथा भाँडाकुडासहित लिएर सदरमुकाम राजविराज आएका उनीहरुले जिल्ला प्रशासन कार्यालय सप्तरीमा पुर्नरवासको माग गर्दै ज्ञापनपत्र बुझाएका छन् ।

‘जग्गा ऐलानी नै थियो, २०२८ सालतिर भएको नापीको क्रममा मण्डलले जालझेल गरेर बस्तीको जग्गा आफ्नो नाममा पारेको हो’, सोही ठाउँका वासुदेव सदाले भने, ‘हामी तीन पुस्तादेखि बसोबास गर्दै आएका थियौं, यति वर्षसम्म किन बस्ती खाली गर्न लगाइएन त ?’

उनले दलितलाई हेप्ने मानसिकताका कारणले आफूहरुले चिसोमा आकाशमुनि बस्नुपर्ने बाध्यता आइलागेको बताए । ‘गाउँपालिकाका जनप्रतिनिधिको दलित मुसहर समूदायलाई हेर्ने मानसिकता ठिक छैन, उनीहरु पनि बस्ती हटाउने पक्षमै छन्’, उनले भने,‘बसोवासको व्यवस्था मिलाउनुपर्ने दायित्व त जनप्रतिनिधिको हो नि ।’

बसोवासको व्यवस्थाविना नै यसरी बस्तीमा डोजर चलाएपछि अहिले छाक टार्नसमेत समस्या भएको उनले बताए ।

गाउँपालिका अध्यक्ष परमानन्द यादवले दलित बस्तीलाई पुनरवासका लागि व्यवस्थापन मिलाउन प्रयास भइरहेको बताए । अदालतले जारी गरेको आदेशअनुसार जग्गा धनी मण्डलको नाममा सो ठाउँमा रहेको ५ कठ्ठा साढे ७ धुर जग्गा खाली गर्न–गराउन भनिएको छ ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.