Naya Media
सोमवार, जेष्ठ १८, २०८३
| | June 1, 2026
सोमवार, जेष्ठ १८, २०८३

थप ७२ जनाका संक्रमण पुष्टी, जम्मा संख्या ६७५ पुग्याे

१०५ जना निको भएर घर फर्किएका छन्

User Photo सोमवार, जेष्ठ १२, २०७७
काठमाण्डाै ।

नेपालमा थप ७२ जनामा कोरोना पुष्टि भएको छ । याेसँगै नेपालमा काेराेना संक्रमितकाे संख्या ६७५ पुगेकाे छ ।

कुल संक्रमितमध्ये ३ जनाको मृत्यु भइसकेकाे छ भने १०५ जना निको भएर घर फर्किएका छन् । कोरोना संक्रमणबाट सिन्धुपाल्चोककी २९ वर्षीया सुत्केरी महिला, बाँकेका २५ वर्षीय युवक र गुल्मीका ४१ वर्षीय पुरुषकाे मृत्यु भएकाे छ ।

हिजाे आइतबार पनि १९ नयाँ संक्रमित भेटिएका थिए । त्यस्तै शनिबार ६८, शुक्रबार ५९, बिहीबार २९, बुधबार २५, मंगलबार ८३, साेमबार ८० र आइतबार १४ जनामा कोरोना पुष्टि भएकाे थियाे । हालसम्म नेपालका ७७ जिल्लामध्ये ३८ जिल्लामा कोरोना संक्रमण फैलिसकेको छ ।

अहिले देशभरका क्वारेन्टाइनमा ३९ हजार ८ सय ४ जना छन् भने ५ सय १३ जना आइसाेलेसनमा छन् । त्यस्तै हालसम्म ४८ हजार २ सय १२ जनाको पिसिआर परीक्षण गरिएको छ भने ९० हजार २६ जनाको आरडिटी परीक्षण भएको छ । चैत ११ गते देखि देश नै ‘लकडाउन’मा छ ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.