लम्की पाहुना घर एण्ड लजको शनिबार एक औपचारिक रुपमा उद्वघाटन भएको छ । लम्की पाहुना घर कैलालीको लम्कीचुहा नगरपालिका वडा नं १ साजको रूखबाट ५० मिटर दक्षिणमा रहेको छ । लम्की पाहुना घर तथा लजमा एसी कोठा , सादा कोठा , रेष्टुरेन्ट , २ सय ५० जना अटाउने सेमिनार सुविधायुक्त हल , पार्किङको व्यवस्था , शुद्ध खसीका परिकार र लोकल कुखुराका परिकार , आवश्यकताका आधारमा चाइनिज फुड उपलब्ध गराउने लम्की पाहुना घर तथा लजका संचालक सुरेन्द्र बडुवालले बताउनु भयो ।
लम्की पाहुना घर एण्ड लजका उद्वघाटनमा होटल व्यावसायी संघ केन्द्रीय सदस्य सितादेवी चौधरी , होटल व्यावसायी संघ कैलालीका अध्यक्ष नरेन्द्र बहादुर शाही , होटल व्यावसायी संघ कैलालीका सह- कोषाध्यक्ष मोतीलाल ओली त्यसैगरी लम्कीका व्यापारी , समाजसेवी लगायतकाको सहभागीता रहेको थियो भने व्यावसायलाई सफलताको शुभकामना समेत व्यक्त गरेका थिए । होटल व्यावसायीको समस्या सरकारले नबुझेको र कोरोना कारणले होटल व्यावसायीले थुप्रै घाटा भएपनि राहतका कार्यक्रम घोषणा नगर्नुले सरकार होटल व्यावसायीको मागमा गम्भीर नभएको आरोप लगाउनुभयो ।
