Naya Media
बुधबार, असार १०, २०८३
| | June 24, 2026
बुधबार, असार १०, २०८३

लम्कीचुहामा कोभिड सहायता कक्षको उदघाटन 

User Photo बिहिबार, कार्तिक २७, २०७७
लम्की कैलाली ।

कैलाली जिल्लाको लम्कीचुहा नगरपालिकामा सहायता कक्ष (हेल्प डेस्क) स्थापना गरिएकाे छ । काेभिड-१९ सम्बन्धी जनचेतनाका साथै नगरपालिकाबाट प्रवाह गरिने सेवा र तयार नेपालबाट सञ्चालन गरिने कार्यक्रमबारे जानकारी तथा सहजीकरणका लागि सहायता कक्ष स्थापना गरिएकाे हाे ।
युएसएआडीकाे आर्थिक सहयाेगमा तयार नेपाल परियोजना मार्फत ट्रेस प्रालि धनगढीकाे सहजीकरण र लम्कीचुहा नगरपालिका कार्यालयकाे सहकार्यमा उक्त सहायता कक्ष स्थापना गरिएको ट्रेस प्रालिका प्रबन्ध निर्देशक छत्र बमले जानकारी दिनुभएको छ ।
सहायता कक्षको उदघाटन गर्दै लम्कीचुहा नगरपालिकाका उपप्रमुख टीका थापाले सहायता कक्षले कोभिड-१९ बाट प्रभावित ब्यक्ति र घरपरिवारलाई आर्थिक पुनर्लाभको लागि नागरिकलाई चेतना र सूचना विस्तार गर्नको लागि सक्षम बनाउन सहयोग पुर्याउने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा सहायता कक्षको उदेश्य माथी प्रकाश पार्दै तयार नेपालका धर्मप्रसाद बजगाईले नगरपालिकामा स्थापना गरिएको सहायता कक्षले सुचना तथा सञ्चार प्रणालीको विकास गर्ने, तथ्यांक व्यवस्थापन , प्रक्षेपण र सूचना व्यवस्थापन गरि नगरपालिकालाई सहयोग गर्ने, स्वास्थ्यकर्मी, जनप्रतिनिधिहरु र सामाजिक कार्यकर्ताहरुलाई प्रशिक्षण प्रदान गर्ने लगायतका गतिविधि संचालन गरिने बताउनुभयो ।
सहायता कक्षका लागि लम्कीचुहा नगरपालिकाले एउटा कोठा उपलब्ध गराएको छ भने ट्रेस प्रालिले नगरपालिकालाई एक थान डेल कम्प्युटर , एक थान अफिस टेबुल, ३ थान रिमोम्भिङ टेबुल, एक थान प्रीन्टर, एक थान अफिस दराज, एक थान सी. जी. एलइडी ३२ इन्चको टीभी लगायतका सामाग्री नगरपालिकालाई हस्तान्तरण गरेको छ ।
ट्रेस प्रालिका प्रबन्ध निर्देशक छत्र बमको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथी लम्कीचुहा नगरपालिकाका उपप्रमुख टीका थापा रहनुभएको थियो । सहायता कक्ष उदघाटन कार्यक्रममा लम्कीचुहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज बिनाडी, सचिवालय प्रमुख धनन्जय न्यौपाने तयार नेपालका प्रेमलाल कुश्मी, धर्मप्रसाद बजगाई, ट्रेस प्रालिका प्रबन्धक निर्देशक छत्र बम, कार्यक्रम संयोजक चक्र बम लगायतकाको उपस्थिति रहेको थियो ।
कार्यक्रमको संचालन ट्रेस प्रालिकी जानकी सिंहले गर्नुभएको थियो ।


Photo

रमित पाण्डे नयाँ मिडिया डट कमका कैलाली सम्बाददाता हुन । उनी समसामयिक राजनैतिक तथा सामाजिक विषयमा कलम चलाउछ्न ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.