बिहानी ग्रामीण बिधुत सहकारी संस्था को १४ वार्षिक साधारण सभा सम्पन्न

शनिबार, माघ २१, २०७९, काठमाण्डौ । 

कैलालीको जोशीपुर गाउँपालिकामा वडा नं ७ बौनिया मा रहेको श्री बिहानी ग्रामीण विधुत सहकारी संस्था लिमिटेड को १४ वार्षिक साधारण सभा सनिवार सम्पन्न भएको छ । संस्था का अध्यक्ष टेक बाहादुर बम को सभाअध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि शुदुरपश्चिम प्रदेश सभा सदस्य मानवीय कैलाश चौधरी रहनु भएको थियो।

त्यसै गरी विशिष्ट अतिथिमा जोशिपुर गाउँपालिका अध्यक्ष चित्र बाहादुर चौधरी वडा न ४ का अध्यक्ष एवम् गाउँपालिका प्रबक्ता रामजनम चौधरी , पत्रकार, उपभोक्ता लगायत स्थानीयहरूको साधारण सभामा सहभागिता रहेको थियो । आर्थिक वर्ष २०७८/२०७९ को १९ लाख ७२ हजार १ सय १४ रुपैयाँ ७३ पैसा बराबरको आय व्यय विवरण वार्षिक साधारण सभामा संस्था का अध्यक्ष टेक बाहादुर बमले प्रस्तुत गरेका थिए । संस्था का सचिव मदन कुश्मी को स्वागत मन्तव्य संगै शुरु भएको कार्यक्रमको संचालन पत्रकार खेमराज जोशी ले गरेका थिए

यो सामाग्री पढेर तपाईलाई कस्तो महसुस भयो ?

खेम राज जोशी

नयाँ मिडिया डट कम वाचडग मिडिया एण्ड डेप्थ रिपार्टिङ प्रालिद्वारा सञ्चालित नेपाली भाषाको मल्टिमिडिया समाचार पोर्टल हो। यस प्रालि द्वारा चाैविसै घण्टा लाइभ प्रसारण हुने नयाँ रेडियाे र नयाँ टिभी पनि सञ्चालनमा छन । साथै हाम्रा भिडियाे सामाग्रीहरू युट्युव च्यानल नयाँ मिडिया (Naya Media) मा पनि हेर्न सकिन्छ ।

View more articles by: खेम राज जोशी

खेम राज जोशी

शनिबार, माघ २१, २०७९ (February 4, 2023, 6:34 pm) मा द्वारा Uncategorized अन्तर्गत प्रकाशित

प्रतिकृया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *


फेसबुकबाट प्रतिक्रिया

भर्खरै