राजधानीमा सिमसिम पानी

बिहिबार, अशोज १८, २०७५, । 

राजधानी काठमाडौं उपत्यकालगायत पूर्वी र मध्य नेपालका पहाडी भेगमा सिमसिम पानी परिराखेको छ। बिहीबार बिहानदेखि परेको पानी बेलुकीपखसम्म जारी रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

‘मनसुन सकिएको छैन त्यसैको प्रभावले वर्षा भएको हो,’ मौसमविद् मञ्जु बासीले  भनिन्, ‘पूर्वी र मध्य पहाडी भेगमा सिमसिम पानी परेपनि पश्चिम क्षेत्रमा प्रभाव देखिएको छैन।’

मनसुनको प्रभाव दशैंसम्म भने कम भइसक्ने उनले बताइन्। ‘ठूलो वर्षा हुँदैन फाट्टफुट्ट पानी परिराखेको छ,’ उनले भनिन्।

यो सामाग्री पढेर तपाईलाई कस्तो महसुस भयो ?

बिहिबार, अशोज १८, २०७५ (October 4, 2018, 1:52 pm) मा द्वारा मौसम अन्तर्गत प्रकाशित

प्रतिकृया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *


फेसबुकबाट प्रतिक्रिया

भर्खरै