Naya Media
मङ्लबार, जेष्ठ १९, २०८३
| | June 2, 2026
मङ्लबार, जेष्ठ १९, २०८३

केहि स्थानमा मेघ गर्जन, चट्याङ, हावाहुरी सहित वर्षा र केहि स्थानमा हिमपातको सम्भावना

पश्चिमी र मध्य क्षेत्रमा सामान्य बदली

User Photo शुक्रबार, फाल्गुन ३०, २०७६
काठमाण्डाै ।

मौसम पूर्वानुमान महाशाखाले शुक्रबार विहान जारी गरेको पूर्वानुमानमा आज केही स्थानमा मेघ गर्जन, चट्याङ, हावाहुरी र वर्षाको सम्भावना रहेको र केही स्थानमा हिमपात समेत हुने सम्भावना रहेको उल्लेख गरिएको छ ।

महाशाखाका अनुसार अहिले नेपालमा पश्चिमी वायुको प्रभाव परेको छ । हालको नेपालको मौसम भने पश्चिमी र मध्य क्षेत्रमा सामान्य बदली र बाँकी क्षेत्रमा आंशिक बदली भएको छ ।

यसैगरी, दिउँसो देशभरी नै सामान्य बदली हुनेछ । पश्चिमी तथा मध्य भू–भागका केही स्थानहरूमा र पूर्वी भू–भागका थोरै स्थानहरुमा मेघ गर्जन, चट्याङ्ग तथा हावाहुरी सहित बर्षाको सम्भावना रहेको छ । साथै देशको अधिकांश उच्च पहाडी तथा हिमाली भू–भागमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ ।

त्यस्तै, पूर्वानुमानका अनुसार राति भने देशभर नै सामान्यदेखि पूर्ण बदली रहनेछ।  यससँगै पश्चिमी भू–भाग लगायत मध्यका धेरै स्थानहरूमा र पूर्वी भू–भागका केही स्थानहरुमा मेघ गर्जन, चट्याङ्ग र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू–भागमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.