Kanoon Post
शुक्रबार, बैशाख ७, २०८१/ April 19, 2024,
शुक्रबार, बैशाख ७, २०८१

Trending :

No tags found.

मनसुनी वायुको प्रभाव, तीन दिन भारी वर्षा

काठमाण्डाै ।

देशभर मनसुनी वायुको प्रभावले तीनदिन भारी वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

आइतबार बिहान जारी मौसम पूर्वानुमान बुलेटिनमा आइतबार देशभर आंशिकदेखि सामान्य बदली रही केहि स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको उल्लेख छ। प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदूर पश्चिम प्रदेशका र एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

सोमबार देशभर आंशिकदेखि सामान्य बदली रही केहि स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

मंगलबार देशभर आंशिकदेखि सामान्य बदली रही केहि स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै बागमती प्रदेशका र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट


Naya Media

सञ्चालक
एक्टिभ प्रेस प्रा.लि.

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

nayamedia.com@gmail.com

© 2016 - 2024 Active Press Pvt.Ltd. All Rights Reserved.

Discover more from NayaMedia

Subscribe now to keep reading and get access to the full archive.

Continue reading