Naya Media
शनिबार, बैशाख १२, २०८३
| | April 24, 2026
शनिबार, बैशाख १२, २०८३

युरोपियन च्याम्पियन्स लिगको ड्र सार्वजनिक

रियललाई सजिलो, बार्सिलोना, टोटनहम र इन्टर एउटै समूहमा

User Photo शुक्रबार, भदौ १५, २०७५

युरोपियन च्याम्पियन्स लिग २०१८-१९ को लागि समूह चरणको ड्र सार्वजनिक भएको छ।

मोनाकोमा बिहीवार राती भएको ड्र अनुसार साविक विजता रियल मड्रिडलाई केही सजिलो रहेको छ भने बार्सिलोना, लिभरपुल जस्ता टोली कठिन समूहमा परेका छन्।

युरोपका उत्कृषट ३२ क्लबलाई विभिन्न ८ समूहमा विभाजन गरेर ड्र सार्वजनिक गरिएको छ।

पछिल्लो तीन सिजनको विजेता रियल समूह जी मा रोमा, सिएसकेए मस्को र भिक्टोरिया प्लेजनसँगै परेको छ।

अर्को स्पानिस क्लब एट्लटिको मड्रिड, बोरुसिया डर्टमण्ड, मोनाको र क्लब ब्रुग समूह ए मा छन्।

यस्तै बार्सिलोना, टोटनहन हट्सपर, पिएसभी र इन्टरन मिलान समूह्य बी मा छन्।

फ्रेन्च च्याम्पियन पिएसजी, लिभरपुल, नेपोली र रेड स्टार बेलग्रेड समूह सी मा छन् भने प्रिमियर लिग च्याम्पियन म्यानचेष्टर सिटी, साख्तर डोनेस्क, लियोन र होफेनहेइम समूह एफ मा छन्।

जर्मन च्याम्पियन वायर्नु म्युनिख, वेनफिका, अयाक्स र एइके एथेन्स समूह ई मा छन्।

लोकोमोतिभ मस्को, पोर्टो, साल्के र गालतासारे समूह डी मा छन्। यस्तै युभेन्ट्स, म्यानचेष्टर युनाइटेड, भ्यालेन्सिया र योङ ब्वाइज समूह एचमा छन्।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.