युरोपियन च्याम्पियन्स लिग

युरोपियन च्याम्पियन्स लिगको ड्र सार्वजनिक

रियललाई सजिलो, बार्सिलोना, टोटनहम र इन्टर एउटै समूहमा
शुक्रबार, भदौ १५, २०७५, । 

युरोपियन च्याम्पियन्स लिग २०१८-१९ को लागि समूह चरणको ड्र सार्वजनिक भएको छ।

मोनाकोमा बिहीवार राती भएको ड्र अनुसार साविक विजता रियल मड्रिडलाई केही सजिलो रहेको छ भने बार्सिलोना, लिभरपुल जस्ता टोली कठिन समूहमा परेका छन्।

युरोपका उत्कृषट ३२ क्लबलाई विभिन्न ८ समूहमा विभाजन गरेर ड्र सार्वजनिक गरिएको छ।

पछिल्लो तीन सिजनको विजेता रियल समूह जी मा रोमा, सिएसकेए मस्को र भिक्टोरिया प्लेजनसँगै परेको छ।

अर्को स्पानिस क्लब एट्लटिको मड्रिड, बोरुसिया डर्टमण्ड, मोनाको र क्लब ब्रुग समूह ए मा छन्।

यस्तै बार्सिलोना, टोटनहन हट्सपर, पिएसभी र इन्टरन मिलान समूह्य बी मा छन्।

फ्रेन्च च्याम्पियन पिएसजी, लिभरपुल, नेपोली र रेड स्टार बेलग्रेड समूह सी मा छन् भने प्रिमियर लिग च्याम्पियन म्यानचेष्टर सिटी, साख्तर डोनेस्क, लियोन र होफेनहेइम समूह एफ मा छन्।

जर्मन च्याम्पियन वायर्नु म्युनिख, वेनफिका, अयाक्स र एइके एथेन्स समूह ई मा छन्।

लोकोमोतिभ मस्को, पोर्टो, साल्के र गालतासारे समूह डी मा छन्। यस्तै युभेन्ट्स, म्यानचेष्टर युनाइटेड, भ्यालेन्सिया र योङ ब्वाइज समूह एचमा छन्।

यो सामाग्री पढेर तपाईलाई कस्तो महसुस भयो ?

शुक्रबार, भदौ १५, २०७५ (August 31, 2018, 8:36 am) मा द्वारा खेलकुद अन्तर्गत प्रकाशित

प्रतिकृया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *


फेसबुकबाट प्रतिक्रिया

भर्खरै