काठमाडौं । ओलम्पिक महिला छनोट फुटबलमा नेपाल चिर प्रतिद्वन्द्वी भारतसँग पराजित भएको छ ।
शनिबार भएको खेलमा भारतले नेपालमाथि ३- १ गोल अन्तरको जित निकालेको हो ।
एक महिनाभित्र भारतसँग नेपालको यो दोस्रो हार हो । विराटनगरमा सम्पन्न साफ महिला फुटबलको फाइनलमा पनि नेपाल भारतसँगै पराजित भएको थियो ।
ओलम्पिक छनोटमा बराबरी खेलेको नेपालले भारतमै भएको हिरो गोल्डकपमा हराएको थियो । लगातारको दुई नजिताले नेपालमाथि भारतको दबदबा तोडिने अनुमान गरिएको थियो ।
तर, घरेलु मैदानमै भएको साफ च्याम्पियनसीपमा नेपालले भारतलाई रोक्न सकेन ।
