Naya Media
सोमवार, जेष्ठ ११, २०८३
| | May 25, 2026
सोमवार, जेष्ठ ११, २०८३

यस्तो छ ‘नेपाल आइडल’ सिजन ३ को तयारी

६ सहरमा हुँदैछ अडिसन

User Photo सोमवार, भदौ ३०, २०७६
काठमाण्डाै ।

काठमाडौं । नेपाली टेलिभिजन इतिहासकै सबैभन्दा ठूलो गायन रियालीटी सो ‘नेपाल आइडल’को तेश्रो संस्करण घोषणा भएको छ। एपी वान एचडीबाट प्रसारण हुँदै आएको ‘नेपाल आइडल’ को पहिलो र दोश्रो संस्करणको सफलतापछि तेश्रो संस्करणको तयारी भएको हो।

यो सिजनका लागि देशका मुख्य ६ वटा सहरमा अडिसन हुँदैछ। मंगलबार पोखरादेखि सुरु हुने अडिसन कात्तिक ६ गते काडमाडौंबाट टुंगिने छ। बुटवलमा ३ असोज, नेपालगञ्जमा ६ असोज, वीरगन्जमा १० असोज र विर्तामोडमा १४ असोजमा अडिसन हुँदैछ। मंगलबार पोखराको सिमालचौरस्थित जनप्रिय माविमा अडिसन हुनेछ।

१६ देखि ३० वर्षको उमेर समूहका नेपाली नागरिकले अडिसनमा सहभागी हुन पाउनेछन्। अडिसनमा सहभागी हुन आउँदा दुई प्रति पासपोर्ट साइजको फोटो र नेपाली नागरिकताको फोटोकपी पेस गर्नुपर्ने छ। अडिसन बिहान ८ बजेदेखि ४ बजेसम्म सञ्चालन हुने नेपाल आइडलका प्रोजेक्ट हेड तथा निर्देशक सुरेश पौडेलले जानकारी दिए।

फर्म भर्न र प्रतियोगितमा भाग लिन कुनै शुल्क लाग्ने छैन। नेपाल आइडल सिजन ३ को निर्णायकमा संगीतकार न्ह्यू बज्राचार्य, संगीतकार तथा गायक कालिप्रसाद बास्कोटा र गायिका इन्दिरा जोशी रहेका छन्। अमेरिकन आइडलको फ्रेन्चाइज लिएर एपीवान टिभीले ३ वर्षदेखि नेपाल आइडल गायन प्रतियोगिता आयोजना गर्दै आएको छ।

नेपाली नागरिकता भएका १६ देखि ३० वर्षभित्रका नेपालीले प्रतियोगितामा भाग लिन पाउने व्यवस्था आयोजकले संस्थाले गरेको छ। सांगीतिक एल्बमका लागि गीत रेकर्ड गरिसकेका व्यावसायिक गायक र गायिकाले समेत नेपाल आइडलमा भाग लिन सक्नेछन्।

नेपाल आइडलका प्रस्तोतामा आसिफ शाह फाइनल भए पनि उनका सहकर्मी तय हुन केही दिन लाग्ने कार्यक्रम निर्देशक एलन श्रेष्ठले बताए। मंसिरतिरबाट कार्यक्रम प्रशारणमा आउने उनको भनाइ छ।

पहिलो नेपाल आइडलको विजेता पोखराका बुद्ध लामा भएका थिए भने दोस्रो नेपाल आइडल रवि ओड भएका थिए। बुद्ध पहिलो नेपाल आइडल बन्दा निशान भट्टराई र प्रताप दास दोश्रो र तेश्रो बन्न सफल भएका थिए।

नेपाल आइडलमा प्रथम, दोश्रो र तेश्रो स्थान प्रप्त गर्न सफलले देश विदेशका विभिन्न मञ्चमा प्रस्तुति दिँदै ख्याति कमाएका छन्


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.