Naya Media
शनिबार, बैशाख १९, २०८३
| | May 2, 2026
शनिबार, बैशाख १९, २०८३

कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १३०० पुग्याे, एकैदिन दुई सय ४२ जनाको मृत्यु

५० हजार बढी संक्रमित

User Photo बिहिबार, फाल्गुन १, २०७६
काठमाण्डाै ।

चीनको हुबेई प्रान्तमा कोरोना भाइरसको संक्रमणबाट एकैदिन दुई सय ४२ जनाको मृत्यु भएको छ। चिनिया स्वास्थ्य अधिकारीका अनुसार यो संख्या अहिलेसम्मको सबैभन्दा धेरै हो। उनीहरुका अनुसार मृत्यु हुनेको संख्या १३०० पुगेको छ।

त्यस्तै संक्रमण हुनेको संख्या पनि ह्वातै बढेको बताइएको छ। बुधबार थप १५ हजार जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। यो संख्या ५० हजार नाघेको स्वास्थ्य अधिकारीले जनाएका छन्।

त्यस्तै विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ)ले जेनेभामा भाइरसबारे विषेश सम्मेलनको आयोजना गरेको छ। सम्मेलनमा टेड्रोस अधनोम घेब्रेयेसुसले भाइरसविरुद्ध लड्ने मौकाको रूपमा लिनुपर्ने बताए। ‘हामीले अहिले नै त्यसका लागि लगानी ग¥यौँ भने हामीले यो नियन्त्रण गर्ने मौका पाउने छौं,’ उनले भने।

यो भाइरसको सङ्क्रमण सन् २०१९ को डिसेम्मबरमा चीनको उहानबाट देखिन थालेको हो भने यसको पहिचान पहिलो पटक डिसेम्बर ३१ मा भएको थियो।

यो कोरोना भाइरसको प्रकोप नियन्त्रणका विश्वका नेताले सहयोग गर्ने आश्वासन चीनलाई दिएका छन्। चीनलाई मङ्गलबार मात्र ग्रुप–७७ समूह, संयुक्त राष्ट्रसङ्घ तथा संयुक्त राज्य अमेरिकाले पनि सहयोग गर्ने जनाएका हुन्।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.