
चीनको हुबेई प्रान्तमा कोरोना भाइरसको संक्रमणबाट एकैदिन दुई सय ४२ जनाको मृत्यु भएको छ। चिनिया स्वास्थ्य अधिकारीका अनुसार यो संख्या अहिलेसम्मको सबैभन्दा धेरै हो। उनीहरुका अनुसार मृत्यु हुनेको संख्या १३०० पुगेको छ।
त्यस्तै संक्रमण हुनेको संख्या पनि ह्वातै बढेको बताइएको छ। बुधबार थप १५ हजार जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। यो संख्या ५० हजार नाघेको स्वास्थ्य अधिकारीले जनाएका छन्।
त्यस्तै विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ)ले जेनेभामा भाइरसबारे विषेश सम्मेलनको आयोजना गरेको छ। सम्मेलनमा टेड्रोस अधनोम घेब्रेयेसुसले भाइरसविरुद्ध लड्ने मौकाको रूपमा लिनुपर्ने बताए। ‘हामीले अहिले नै त्यसका लागि लगानी ग¥यौँ भने हामीले यो नियन्त्रण गर्ने मौका पाउने छौं,’ उनले भने।
यो भाइरसको सङ्क्रमण सन् २०१९ को डिसेम्मबरमा चीनको उहानबाट देखिन थालेको हो भने यसको पहिचान पहिलो पटक डिसेम्बर ३१ मा भएको थियो।
यो कोरोना भाइरसको प्रकोप नियन्त्रणका विश्वका नेताले सहयोग गर्ने आश्वासन चीनलाई दिएका छन्। चीनलाई मङ्गलबार मात्र ग्रुप–७७ समूह, संयुक्त राष्ट्रसङ्घ तथा संयुक्त राज्य अमेरिकाले पनि सहयोग गर्ने जनाएका हुन्।
प्रतिक्रिया
बिक्री गर्न तयार भएकाे लाखाैकाे खरबुजा अज्ञात व्यक्ति द्वारा बारीमै काटेर नष्टप्रतिक्रिया
अलपत्र परेकालाई गन्तव्यसम्म पुर्याइदिने कर्णाली प्रदेशकाे निर्णयप्रतिक्रिया
२१ पदक जित्दै छैटाै सगरमाथा अन्तराष्ट्रिय कराते प्रतियाेगितामा नक्साल डाेजाे बन्याे च्याम्पियनप्रतिक्रिया
पालैपालो यौनसम्पर्कपछि हत्या, मोबाइल ‘अन’ भएपछि पत्ता लाग्यो हत्याराप्रतिक्रिया
कोरोना संक्रमण बढ्दै गएपछि कोरिया जाने कामदार पठाउन बन्द