Naya Media
मङ्लबार, जेष्ठ १९, २०८३
| | June 2, 2026
मङ्लबार, जेष्ठ १९, २०८३

गजल- अर्थहिन परिश्रमको चलनले, गलेको छ मन

बिहिबार, चैत्र २७, २०७६

ईर्ष्या र डाहाको जलनले, जलेको छ मन
अर्थहिन परिश्रमको चलनले, गलेको छ मन ।

दिक्क लाग्दो छ बिहान दिक्कलाग्दो छ साँझ
तितो वितृष्णा अनि बिचलनले, ढलेको छ मन ।

असंतुष्ट मन अनि असंतुष्ट तन असंतुष्टै छ बदन
मात्र अहंकारको बिउ बिजनले, फलेको छ मन ।

हड्डीहरु गलेका छन लखतरान छन अंगहरु
जसोतसो आशारुपी इन्धनले, चलेको छ मन ।

लतार्नु छ जिन्दगीलाई उकाली ओराली हरुमा
त्यसैले होला कचकच र गनगनले, बलेको छ मन ।

  • एन. पी. खतिवडा


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.