Naya Media
शनिबार, बैशाख १९, २०८३
| | May 2, 2026
शनिबार, बैशाख १९, २०८३

काेराेना बारे गलत हल्लाले त्रसित झापाबासी- भ्रम, कारण र यथार्थ

User Photo बिहिबार, बैशाख ४, २०७७
झापा ।

कुनै व्यक्तिलाई कोरोना संक्रमण भएपछि त्यसविरूद्ध लड्न शरीरले एन्टीबडी उत्पादन गर्छ। एन्टिबडीले कोरोनाभाइरसलाई नष्ट गरिसकेपछि पनि शरीरमा एन्टिबडी कायमै रहन्छ।

त्यसैले कहिलेकाहीँ र्यापिड डाइग्नोस्टिक टेष्टले परीक्षणमा एन्टिबडी देखाए पनि कोरोनाभाइरस भने नष्ट भइसकेको हुन सक्छ। शरीरमा एन्टिबडी पनि छ, तर कोरोनाभाइरस पनि नष्ट भइसकेको छैन भने त्यो अवस्थामा पिसिआरबाट पनि जाँच गर्दा पोजेटिभ देखिन सक्छ।

हाल नेपालमा भारत तथा तेस्रो मुलकबाट आएकाहरुका साथै कोरोना संक्रमित भेटिएको क्षेत्रमा र्‍यापिड टेष्ट गर्ने गरिएको छ । ५ चैतमा बेलायतबाट आएका आमा छोरामा सोमबार कोरोना संक्रमण देखिएपछि पेप्सिकोलास्थित सनसिटी अपार्टमेन्टमा बस्दै आएका दुई सय ९८ जनाको र्‍यापिड टेष्ट गरिएको थियो । ती सबैको रिपोर्ट नेगेटिभ आएको छ ।

झापाको हल्दिवारीका एक युवामा एन्टिबडी देखिए पनि कोरोना नेगेटिभ देखिएको हो। उनको र्यापिड डाइग्नोसिस्ट टेस्ट (आरडिटी) विधिबाट बुधवार गरिएको परीक्षणमा पोजेटिभ देखिएको थियो।

ती युवाको पिसिआर विधिबाट गरिएको परीक्षणमा भने नेगेटिभ रिपोर्ट आयो। सञ्चारमाध्यममा आरडिटी विधिबाट पोजेटिभ देखिएको र पोजेटिभ देखिएको भन्ने दुईखाले समाचारले भ्रम उत्पन्न गर्यो ।

भ्रम सिर्जना हुनुका ४ कारण

१. सुचना लुकाउने सरकारी अधिकारी
२. समाचार सम्प्रेषण गर्ने सञ्चार माध्यम र सन्चारकर्मीलाई RDT र PCR बारे स्पष्ट जानकारी नहुनु / नलिनु।
३. मिडियाको नाम बेचेर अनर्गल प्रचारबाजि गर्नेहरु (फेसबुक लाइभ, युट्युब र स्टाटसबाजहरु)
४. कपि पेष्टको नतिजा।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.