Naya Media
मङ्लबार, जेष्ठ १९, २०८३
| | June 1, 2026
मङ्लबार, जेष्ठ १९, २०८३

फ्लोरेन्टिना क्लबका ३ खेलाडीलाई काेराेना संक्रमण

User Photo शुक्रबार, बैशाख २६, २०७७
काठमाण्डाै ।

इटालियन फुटबल क्लब फ्लोरेन्टिनाका ३ खेलाडी र ३ जना कर्मचारीलाई कोभिड–१९ को संक्रमण देखिएको छ ।

उनीहरुलाई टोलीका अन्य सदस्यबाट अलगै आइसोलेसनमा राखेर उपचार गरिदैछ ।

सिरिए ए क्लबहरुलाई इटालीको सरकारले प्रशिक्षण सुरु गर्न अनुमति दिएको छ । तर, खेलाडीहरुले एक्लाएक्लै मात्र प्रशिक्षण गर्न पाउनेछन् ।

बुधबार अर्को क्लब टोरिनोको एकजना खेलाडीलाई पनि कोरोनाभाइरसको संक्रमण देखिएको थियो ।

उनलाई पनि आइसोलेसनमा राखिएको छ ।

दुवै क्लबले संक्रमित खेलाडी र स्टाफको नाम खुलाएको छैन । एक वक्तव्य जारी गर्दै फ्लोरेन्टिनाले प्राटोकल अनुसार संक्रमितलाई आइसोलेट गरेको जनाएको छ । त्यस्तै, मैदानमा गतिविधि सुरु गर्न अघि सबै खेलाडीहरुको स्वास्थ्य परीक्षण पनि गरिने क्लबले जनाएको छ ।

आठ हप्ता लामो लकडाउनपछि इटालीले प्रतिबन्ध खुकुलो पार्न सुरु गरेको छ । इटालीका क्लबहरु प्रशिक्षणमा फकिए पनि लिग कहिलेदेखि सुरु हुन्छ भन्नेमा अन्यौल कायम नै रहेको छ ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.