Naya Media
बुधबार, जेष्ठ १३, २०८३
| | May 27, 2026
बुधबार, जेष्ठ १३, २०८३

भारतको निर्देशनमा सरकार ढाल्न लागीपरेका प्रचण्डले पार्टी अध्यक्षबाट तत्काल राजीनामा दिनुपर्छ

बुधबार, असार १७, २०७७

प्रधानमन्त्री केपी ओलीको चट्टानी अडानका कारण मुलुकले विकास र समृद्धिको आधार तयार गरेको स्पष्ट छ । त्यती मात्र हैन, गुमेको नेपाली भूमि फिर्ता ल्याउने प्रकृयामा अघि बढेको छ ।

ओलीकै नेतृत्वमा संविधानमा समेत गुमेको भुमि लिपुलेक, कालापानी र लिम्पियाधुरा समेटेर नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा समेत जारी भएको छ । वर्तमान सरकारले लिएको अडानका कारण, भारत सरकार र त्यहाँका सञ्चार माध्ययमहरुले वर्तमान सरकारका विरुद्ध कडा प्रहार गरिरहेका छन् ।

भारतको इसारामा नै प्रचण्डले पार्टी तथा सरकारलाई असफल बनाउन एक पछि अर्को कदम, यो वा त्यो बहाना बनाउँदै आएका छन् । उनकै योजनामा सरकारले गरेका राम्रा कामलाई समेत छोपिने गरी कुप्रचार हुने गरेको आम नेपाली जनताले प्रष्ट बुझेका छन् ।

त्यही क्रममा भारतले नेकपाको सरकारलाई हटाउन पूरा शक्ति लगाएको कुरा प्रष्ट नै छ । भारतको इसारामा नेकपाका दोश्रो बरीयताका अध्यक्ष प्रचण्ड लगायतको टिम परिचालित भएको सजिलै बुझ्न पनि सकिन्छ । यसै त प्रचण्ड भारतले नै हुर्काएको,पालन पोषण गरेको भनेर आलोचित हुँदै आएका पात्र छन् ।

भारतको इसारामा नै प्रचण्डले पार्टी तथा सरकारलाई असफल बनाउन एक पछि अर्को कदम, यो वा त्यो बहाना बनाउँदै आएका छन् । उनकै योजनामा सरकारले गरेका राम्रा कामलाई समेत छोपिने गरी कुप्रचार हुने गरेको आम नेपाली जनताले प्रष्ट बुझेका छन् । पहिलो प्रधानमन्त्रीत्वको कालमा चीनसितको सम्बन्ध विस्तारका कारण भारतको नेतृत्वमा उही प्रचण्ड पात्रलाई नै प्रयोग गरि ओलीलाई अपदस्थ गरिएको घटनाको पुनरावृति हुनसक्ने तथा राष्ट्रियताप्रतिको अडान कट्ठर रास्ट्रवादी साबित भए संगै नेपालले आज यो आशावादी उर्जा हासिल गरेको र ओलीको सगरमाथा भन्दा उच्च उचाई, चर्चा, लोकप्रियता र प्रभाव देखेर प्रचण्ड लगायत धेरैलाई ईष्या, डाह र ऐठन भएको देखिन्छ । त्यसैले उहालाई प्रधानमन्त्रीबाट हटिदिए हुन्थ्यो भन्ने लागेको हो ! शतिसाल झै उभीएका ओलीलाई स्वीकार्न नसकेका टप्परटुईंयाहरुले वर्तमान परिबेशमा सत्यता जबरजस्ती स्वीकार्नु पर्ने स्थिति आएको हो ।

सायद, सबै प्रधानमन्त्रीले यसरी काम त गर्न सक्दैनन् । एकैचोटी भारत, प्रतिपक्ष, घरानिया संचार, कोठे पत्रकार मात्र होइन, आफ्नै पार्टी भित्र चलखेल गर्ने भुरा माछाहरूको टोकाइले पनि उहाँलाई सास्ती दिन छाडेका छैनन तर पनि उहा सत्यको पक्षमा एक्लै उभिई रहनु भएको छ, काम गरिरहनु भएको छ । ओलीको सगरमाथा जस्तो छातीमा सर्वहारा वर्गको नाम बेचेर सामन्तको अबशेष बन्ने कार्यमा लागेका सडकछाप भ्यागुत्ताहरु अहो रात्र उफृन खोज्दै छन ।

यती हेक्का रहोस्, प्रचण्डमा ! आफ्नो दम्भ मा चुनाव जितेर आउ पार्टी अध्यक्ष र प्रधानमन्त्री त के कार्यकारी राष्ट्रपति खाएर देखाए हुन्छ !

प्रचण्डको अवसरवादी समूहले हिजो पूर्वएमाले वा केपी ओलीको आर्शिवाद नपाएको भए चुनावबाट सदाका लागी नमस्ते नेपाल हुने पक्का थियो, यो तितो सत्य हो । स्थानीय तहको निर्बाचनमा कांग्रेसको बुई चढ्दा तत्कालिन माओवादी दिउसै टर्च लाईट लगाएर खोज्नुपर्ने अवस्थामा पुर्याएका प्रचण्डले अब पनि नेतृत्वमा रहे भने नेकपालाई सोही अवस्थामा पुर्याउने लगभग निश्चित जस्तै देखियो । भारतको टिका लगाएर नेतृत्व गर्छु भनि सपना देख्ने प्रचण्डले अब नेकपाको नेतृत्व संहालिरहे नेकपाको अस्थितत्वमा समेत ठूलो संकट पर्ने देखिएकाले वेलैमा नेकपाको नेतृत्व तथा नेकपा निकट जनताले सोच विचार गर्नु पर्ने समय आएको छ । हुनत, नेपाली जनताले बुझेका छन्, प्रचण्ड र दिल्ली भनेको पर्यायवाची शब्द हो । अब नेपाली जनता त्यती अबुझ छैनन्, एक एकको हिसाव किताव राख्नेछन् र माग्नेछन् । त्यो दिन प्रचण्डले पृथ्वीको कुनै ठाउँमा त हैन पानी मुनि लुकेपनि जनताले छाड्ने छैनन् ।

यती हेक्का रहोस्, प्रचण्डमा ! आफ्नो दम्भ मा चुनाव जितेर आउ पार्टी अध्यक्ष र प्रधानमन्त्री त के कार्यकारी राष्ट्रपति खाएर देखाए हुन्छ ! तत्कालीन एमालेका सु-सज्जित भातृ संघ-संघठनहरु र बिकसीत कमिटी प्रणाली अहिलेको नेकपामा पनि अझ बृहत बिस्तार गर्दै संगठित विमर्शको प्लेटफर्म र कमिटी प्रणालीलाई तत्काल सुचारु गर्नु नै अबको अर्को बिकल्प हो । यसरी चल्दैन, त्यसरी चल्दैन भन्ने ठूलो आवाज पार्टीमा रहे पनि त्यो जमात भोकल भएर आउन सकेन किनभने भोकल आउनु पर्ने जमातमा पनि गहिरो गुटबन्दी जोडिएको छ । यसबाट के प्रष्ट हुन्छ भने आफु देशको लागि केही गर्न पनि नसक्ने, अरुले गरेको पनि देखि नसक्ने यी अवसरवादी कीटाणुहरुलाई नेपाली जनताले राम्रोसंग बुझ्न जरुरी छ ।

केपी ओलीलाई प्रधानमन्त्री र अध्यक्षबाट राजिनामा दिन बाध्य पारेर पार्टी बिघटनको स्थितिमा पुर्याइयो भने यस अपराधको परिणाम स्वरुप लोभि,पापी र इतिहासमा असफल भएर नकआउट भइसकेका अगस्तिहरुले भोग्न बाध्य हुनुपर्छ । राजनीतिक बिचार सिद्धान्तको जीवन व्यवहारमा जब सबैबाट प्रचुर प्रयोग हुन सक्दैन तब समाज मात्र नभई राष्ट्र नै संकटमा फस्दै जान्छ । यहाँ अन्तर्राष्ट्रिय सम्बन्ध, कुटनीतिक मर्यादा, अन्तर्राष्ट्रिय राजनीति, २१औ शताब्दिको बिश्व परिबेशमा शक्ति सन्तुलनको महत्व, रास्ट्र, रास्ट्रीयता, स्वाभिमान, सामाजिक सद्भाब र संस्कारलाई बुझ्न नसकेको प्रचण्ड नेतृत्वको तप्काकै कारण नेपाल र नेपालीले दुःख पाउने निश्चीत जस्तै देखिन्छ ।

त्यसैले, पार्टी एकतालाई बचाउन, अन्तरबिरोधको समाधानका लागि पहल गर्न, इतिहास र नेपाली जनताले दिएको जिम्मेवारीलाई पुरा गर्दै पार्टीलाई थप नयाँ जगमा अझ सुद्रिढ र एकताबद्ध बनाउन, विश्वाशको संकटलाई अन्त्य गरी हार्दिक र कमरेड्ली भावनाको बिकास गर्दै भारतको निर्देशनमा आफ्नै पार्टीको सरकार ढाल्न अहोरात्र लागीपरेका अवसरवादी चरित्र बोकेका प्रचण्डले पार्टीको दोश्रो दर्जाको अध्यक्षबाट पनि तत्काल राजीनामा दिएर पार्टीलाई सकरात्मक दिशामा अघि बढाउन मार्ग प्रसस्त गरे राम्रो हुनेछ र रास्ट्रलाई यी यावत समस्याहरुबाट मुक्त गरी सम्बृद्द मुलुक निर्माण गर्ने दिशामा सम्पुर्ण अग्रगामी, देशभक्त नेपाली नागरिकहरु अग्रसर हुनु आजको अपरिहार्य आवस्यकता हो ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.