Naya Media
शुक्रबार, बैशाख ४, २०८३
| | April 17, 2026
शुक्रबार, बैशाख ४, २०८३

अमेरिकाबाट लाेक रेग्मीकाे काेशेली, ‘मिलन बिछोड’ जिन्दगीकाे भाेगार्इ

User Photo मङ्लबार, साउन ८, २०७५

हरेक मान्छेका कयाैं रहर हुन्छन अनि कयाैं बाध्यता । प्राय विदेशमै भविष्य देख्ने मान्छेहरूकाे पनि कमी छैन । यसरी रहर हाेस वा बाध्यता विदेश हिड्ने सर्वसाधारण देखी कलाकार, खेलाडी, सर्जक अनि पत्रकारहरूकाे पनि कयाै छन । यसरी राष्ट्रका गहना भनिने तथा केही गरिरहेका कलाकार, खेलाडी, सर्जक अनि पत्रकारहरू विदेश हिड्दा देशकाे माया नभएकाे वा नेपालमा कमाएकाे नामलार्इ विदेशमा कमाउन जाने माध्यम बनाउने गरेकाे भन्दै अाराेप पनि खेपिरहेका हुन्छन ।

नेपालमै चर्चा कमार्इ सकेका र केही गरिरहेकाहरू विदेश पस्दा त झन कलाकारिता नै विदेश जाने सजिलाे बाटाे भएकाे भनेर सिकाे गर्ने पनि कम छैनन । तर सबै कलाकारहरू विदेश पलायन मात्रै भएकाछैनन, विदेश बसेर पुरै गुमनाम भएर पनि बसेका हुदैनन । कतिले युराेप अमेरिका तिर सुन्दर भविष्य खाेज्दा खाेज्दै मनकाे अावाज सुन्न पनि विर्सिएका हुन्छन तर काेही नेपाली कलाकारिता गित संगित तथा नेपाली मन र पहिचानका लागी विदेशमै बसेर पनि निरन्तर लागि रहन्छन। चाहे नेपालमा चर्चा हाेस वा नहाेस सक्दाे मेहनत गरिरहन्छन।

यस्तै एक नेपाली कलाकार, साहित्यकार, गितकार हुन लाेक रेग्मी । भुटानमा जन्मिएका रेग्मि हाल अमेरिकामा छन । अमेरिकाकाे बसार्इ भन्दा पहिला उनी झापाकाे दमकमा बस्थे । हाल अमेरिकामै सपरिवार बसिरहेका छन तर मन नेपालबाट टाढिएकै छैन । विदेशमा रहे पनि नेपाली साहित्य कलाकारिता तथा गित संगितकाे क्षेत्रमा महत्वपुर्ण योगदान दिदै अाएका छन । समय समयमा उनले गितहरू बजार ल्यार्इ रहन्छन, अाफ्नाे कलाकारिता, श्रृजना तथा स्वर अाफ्ना शुभचिन्तकहरूका लागी पस्की रहन्छन । हालै पनि उनकाे नयाँ गिति एल्वम ‘मिलन बिछोड’ बजारमा अाएकाे छ ।

नयाँ रिलिज भएकाे यस गिति एल्वम ‘मिलन बिछोड‘ मा पाच वटा गीत रहेका छन । संगीतकार राम सिटौलाकाे एकल संगीत रहेको याे एल्वम नेपाली जिवन र विभिन्न भाेगार्इकाे उपज भएकाे गितकार रेग्मी बताउछन । यस एल्वममा समाहित सबै गितमा स्वर दिएकाछन प्रेम मुक्तानले । निकै मेहनत र प्रयासबाट श्राेता दर्शक माझ पुगेकाे याे एल्वम नेपाली मनहरूमा सुरक्षित हुने र मन परार्इनेमा समग्र टिम निकै अाशावादी छ ।

उनले यस अघि पनि निकै कामहरू गरिसके जुन कयाै नेपालीका मनमा विभिन्न माध्यममा सुरक्षित छन र नेपाली कलाकारिता, साहित्य तथा गित संगितकाे जगतमा थाेरै भएपनि अाकर्षण थप्ने र फरक स्वाद पस्कने प्रयास गरेका छन । उनका श्रृजना कतै गजलकाे रूपमा, कतै कथा कविताकाे रूपमा, कतै गित, कतै उत्कृष्ट अभिनय त कतै हास्य कलाकारकाे रूपमा पनि परिचित र स्थान बनाउन सफल छन।

गितकार, कलाकार तथा साहित्यकार रेग्मीका अहिले सम्म चालिस भन्दा बढी गीत रेकर्ड भर्इसकेका छन । त्यस्तै जीवन दर्पन (खन्डकाब्य), जागरण (गजल संग्रह), पनि प्रकाशित छन ।

हाल सम्म १०० भन्दा बढी पुरस्कार, प्रमाण पत्र, प्रशंसा पत्रहरु पाईसकेका बहु प्रतिभाशाली रेग्मीले नेपाल, भारत र अमेरिकाका धेरै ठाउँमा हास्य कलाकारकाे रूपमा पनि प्रस्तुती देखार्इसकेका छन । सानै देखी गित संगित तथा कलाकारितामा विशेष रूचि राख्ने उनी जस्ताे सुकै अवस्थामा पनि यसबाट टाढा हुन नसक्ने बताउछन। अझै पनि यही क्षेत्रमा धेरै गर्न उनी लागी परिरहेकाछन ।

हरेक मान्छेकाे जिन्दगीमा कसैले सहयाेग, साथ र गुन लगार्इदिएकाे हुन्छ । उनलार्इ पनि साथि, परिवार अाफन्त लगायतकाे साथ र सहयाेग पनि विर्सेका छैनन । त्यसमा पनि उनी यस स्थान सम्म आईपुग्न पत्रकार डिकेश लामाकाे निकै सहयोग र भुमिका रहेकाे बताउछन ।

शुद्ध कर्ममा बिश्वास गर्ने लाेक रेग्मीलार्इ कर्म अनुसार फल पार्इने र त्यही नै भाग्य हो जस्ताे लाग्छ। उनी कयाैं सपना, रहर र बाध्यताहरूले विदेशी भुमिमा दिनहरू बितार्इरहेकाे भएपनि निरन्तर नेपाली साहित्य, गित संगित र कलाकारिताबाट उनी नहराउने बताउछन । उनलार्इ लाग्छ नेपालकाे माया यस्तै श्रृजनामा छ, जस्ले उनलार्इ नेपालकाे यादलार्इ गहिराे बनार्इराख्छ ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.