फेरी बलात्कार, फेरी हत्या ! हवस सरकार म फेरी पनि त्यही गर्छु

मङ्लबार, साउन २२, २०७५, । 

सरकार !
कञ्चनपुरमा त बलात्कार भएछ नि,
हो र ? कहिले ?
अखबारमा त्यही कुरा छ
ह्या छोड यस्ता कुरा
भोलिको चुनावी नारा हुने भो
कसरी सरकार ?
हामीले बलात्कारीलाई फाँसी दिनुपर्छ भन्छौं
तर अहिले ?
अहिले के को चिन्ता ! जितेकै छौँ त
हो र हजुर ? अहिले चुपचाप बसौं त ?
बस न बस सरकार बचाउनुछ
ए ! हस हजुर ।

नेता ज्यु, दिनदिनै बलात्कार हत्या बढेको छ
हो र ? कहाँ सुन्यौ ?
छापा, पत्रपत्रिका र टेलिभिजनमा
लौ हाम्रो मसला तयार भो
कसरी हजुर ?
अब सरकार लाई गाली गर्न पाउने भइयो
के गाली नेता ज्यु ?
हत्यारालाई कार्वाही गर
बलात्कारीलाई फाँसी दे
नालायक सरकार मूर्दाबाद
अधिनायकवाद सरकार राजिनामा दे !
हो है । सडक तताउनुपर्छ नेता ज्यु
टायर र पुत्ला बोकेर आउनु
हस हजुर ।

मेयर साब
पुरै शहर दुर्गन्धित भैसक्यो
चुप बस न
किन र मेयर साब ?
मेरो जस्तै रेडियो नसुन्ने
टेलिभिजन नहेर्ने
कसैको कुरा नसुन्ने
सामाजिक सञ्जालबाट टाढा बस्ने
कसैले गाली गर्ला आफ्नै सरकार छ
साइड लगाउनु
शहरको होइन कुर्सी को चिन्ता गर
हस मेयर साब
म पनि त्यस्तै गर्छु
जो आज्ञा ।

  • धर्मराज न्याैपाने, कैलाली ।

यो सामाग्री पढेर तपाईलाई कस्तो महसुस भयो ?

मङ्लबार, साउन २२, २०७५ (August 7, 2018, 9:25 am) मा द्वारा कला/साहित्य अन्तर्गत प्रकाशित

प्रतिकृया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *


फेसबुकबाट प्रतिक्रिया

भर्खरै