Naya Media
मङ्लबार, जेष्ठ १९, २०८३
| | June 2, 2026
मङ्लबार, जेष्ठ १९, २०८३

गजल- खै महिनौं हात बाँधेर बस्दा कसरि जिइन्छ

बिहिबार, बैशाख ४, २०७७

खै महिनौं हात बाँधेर बस्दा कसरि जिइन्छ ।

बालकदेखि बृद्धसम्म के खाइन्छ, के पिइन्छ ।

 

मन्दिरका घन्टिहरु उता कानेखुशी गर्दा हुन्,

आजकल बिहान बिहानै आराम किन लिइन्छ ।

कौशिका बिरुवाहरु आफैंमा छक्क पर्दा हुन्,

आजकाल समय अगावै मलपानी किन दिइन्छ ।

 

बाथरुमका चप्पलहरु त्यस्तै साउती गर्दा हुन्,

आजकल छिटो छिटो यो तलुवा किन खिइन्छ ।

रक्सीका बोत्तलहरु घरभित्रै गुन्गुनाउँदा हुन् ,

आजकल एक्लै एक्लै यति धेरै किन पिइन्छ ।

 

भान्छाका भाँडाकुँडा चाहिं चिन्ता गर्दा हुन्,

कुन दिन यी सबै मानिसहरुको मुख सिइन्छ ।

खै महिनौं हात बाँधेर बस्दा कसरि जिइन्छ ।

बालकदेखि बृद्धसम्म के खाइन्छ, के पिइन्छ ।

  • हरि अधिकारी


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.