कविता- ‘क’ सोच्यो ‘ज्ञ’ हुन्छ

बिहिबार, बैशाख ११, २०७७, । 

ऐया !!

खोइ कहाँ दुख्छ

किन दुख्छ

कसरी दुख्छ

के भएर दुख्छ

न त चिकित्सकलाई

थाहा छ

न त आफैलाइ थाहा छ

‘क’ सोच्यो ‘ज्ञ’ हुन्छ

‘१’ सोच्यो ‘०’ हुन्छ

न कपट न छल

कर्म निश्चल छ

तर

जे गर्छु उल्टो हुन्छ

राम्रो गर्न खोज्यो

नराम्रो हुन्छ

अब्जसिलो संसार

सबैकुरा बेकार

भर्‍याङ पनि अचम्मको

माथि तल हुनु पर्ने

तल मात्र लान्छ

राख्न नमिलेको हो

या बनाउन नजानेको

खै कसरी बनेको हो

पाइला अघि पछि

हुनु पर्ने तर

पछि पछि मात्र

हिड्न नजानेको हो

या चाल्न नजानेको

ठ्म्याउनै सकिएन

कर्मले कमाउनु पर्ने

तिर्न नै गाह्रो हुन्छ

मानव नामको प्राणी

पशु भन्दा बेकामे

आफ्नो मात्र ख्याल छ

अरुको मर्म

अरुको भावना

के थाहा ढुंगाको

हृदय बोक्नेलाई

संवेदना भन्ने कुरा

महसुस हुनु पर्यो नि

खेती गर्दा उब्जनी हुनु पर्ने

उब्जिदैन भने के खेती गर्ने

बीउ छर्‍यो बिउकै नास

छर्न नजानेको होकि

बिउनै खराब होकि

थाह पाउने जे टी ए

भइएन

सुल्टो गर्दा भएन

अब उल्टो सुरु गर्ने हो कि

तर प्रकृतिको नियम

तोड्नै सक्दिन

यथार्थ बाट आफुलाई

म मोड्नै सक्दिन

आ जे सुकै होस

हुने भै हाल्छ

नहुने कुरामा

उत्तेजित भएर

म के नै पो गर्न सक्छु र

यति धेरै गर्दा त

केही भएन

नभएको मात्र पनि

होइन केही भयो

तर जे भयो खै के

खै के

आफुलाई मात्र कति

दोषी ठान्नु

दोषलाई नै दोषी ठान्ने अब

बिराएको भा पो डराउनु

न बिराउनु न डराउनु

भन्ने उखान

के का लागि त!

मनले भन्छ

जे छ ठिकै छ

जे भो ठिकै भो

जे हुनेछ ठिकै हुनेछ

ल जा

  • खतिवडा एन.पी

यो सामाग्री पढेर तपाईलाई कस्तो महसुस भयो ?

खतिवडा एन.पी

एन .पी .खतिवडा, ट्रिनिनी इन्टरनेसनल कलेज, काठमाण्डाैका अंग्रजी विषयका लेक्चर हुन ।

View more articles by: खतिवडा एन.पी

खतिवडा एन.पी

बिहिबार, बैशाख ११, २०७७ (April 23, 2020, 10:22 am) मा द्वारा कला/साहित्य अन्तर्गत प्रकाशित

प्रतिकृया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *


फेसबुकबाट प्रतिक्रिया

भर्खरै