
लाग्न त डर, तरवार संग लाग्छ ।
तर आजभोली, अखबार संग लाग्छ ।
बजारमा त, सुचना भनेरै आउछ,
तर पत्रिकाका, समाचार सँग लाग्छ ।
तिनै अखबारमा, विज्ञ पनि लेख्छन,
र त तिनै विद्दानका, विचार सँग लाग्छ ।
केही नबोलौ, निरिह भन्छन जान्नेहरु,
बोलौ सिपाहीका, प्रहार सँग लाग्छ ।
शत्रु देश र शत्रु, कति आउलान जालान,
सबैभन्दा डर त, सरकार सँग लाग्छ ।
लाग्न त डर, तरवार संग लाग्छ ।
तर आजभोली, अखबार संग लाग्छ ।