
आउदैछु, तिमीलाई केही, अवगत गराउनुछ ।
रगत बेचेर, तिम्रा लागी, नगद गराउनुछ ।
उँखुको, उधारो नपाउदै, मरेका बुवाको,
अस्थी लिएर काशी जानुछ, सतगत गराउनुछ ।
पशिना चुहिएर निभेको, दियो जिन्दगीको,
ऋण मागेर, तेल थपेर, धपधप गराउनुछ ।
तिमी संगै लडदा लड्दै, लाशको आस हराएपनि,
कहिल्यै साथ नछोडने आफन्त, अलग गराउनुछ ।
छाक टार्नकै लागि, खाडीमा, बेचिएका ति,
कयौं बीरहरु, यही माटोमा, खपत गराउनुछ ।
आउदैछु, तिमीलाई केही, अवगत गराउनुछ ।
रगत बेचेर तिम्रा लागी, नगद गराउनुछ ।
- निम क्षेत्री
प्रतिक्रिया
बिक्री गर्न तयार भएकाे लाखाैकाे खरबुजा अज्ञात व्यक्ति द्वारा बारीमै काटेर नष्टप्रतिक्रिया
अलपत्र परेकालाई गन्तव्यसम्म पुर्याइदिने कर्णाली प्रदेशकाे निर्णयप्रतिक्रिया
२१ पदक जित्दै छैटाै सगरमाथा अन्तराष्ट्रिय कराते प्रतियाेगितामा नक्साल डाेजाे बन्याे च्याम्पियनप्रतिक्रिया
पालैपालो यौनसम्पर्कपछि हत्या, मोबाइल ‘अन’ भएपछि पत्ता लाग्यो हत्याराप्रतिक्रिया
कोरोना संक्रमण बढ्दै गएपछि कोरिया जाने कामदार पठाउन बन्द