
प्रधानमन्त्री केपी शर्मा ओलीले बुद्ध जयन्तीको उपलक्ष्यमा एक भिडियाे सन्देश जारी गर्दै घरघरमा दीपावली गर्न आह्वान गरे । शान्तिको कामना गर्न र कोरोना संक्रमितको उपचारमा संलग्न स्वास्थ्यकर्मीहरु, स्वयंसेवीहरु, सहयोगीहरुप्रति ऐक्यबद्धता जनाउन आ- आफ्ना संस्था, घर र निवासहरुमा बिहीबार साँझ ७ बजे दीप प्रज्ज्वलन गर्न अनुरोध गरेपनि कतिले दिप प्रज्वलन गरे त भन्ने प्रश्न भने उठेकाे छ।
प्रधानमन्त्रीकै आह्वानमा कतिले बाले भन्ने कुरा यस अर्थमा पनि महत्वपुर्ण हुन्छ, कि यसले कती जनताले उक्त कुरा स्विकारे वा अवज्ञा गरेनन । तर स्थानिय सरकारकै प्रतिनिधी वा जिम्मेवार व्यक्तिले नै दिप प्रज्वलन गरेनन भने अन्य जनतामा कस्ताे प्रभाव पार्छ वा यसकाे अर्थ के हुन्छ ? मनमा लागेकाे कुरा यही हाे ।
झापाकाे बुध्दशान्ति गाँउपालिकाका दुइजना वडा अध्यक्ष, वडा कमिटी अध्यक्ष र २ जना वडा सदस्यले दिप प्रज्वलन गरेनन । नजिकै भएका कारण देखिएकाे याे एउटा उदाहरण हाे ।
यस्ताे त देशभर कति भयाे हाेला तर यसकाे अर्थ के हाे ? कि उनीहरूले प्रधानमन्त्रीकाे कुराकाे अवज्ञा गरे या उनीहरूलाइ उचित लागेन ।
निन्दा गर्नकै लागी याे लेखिएकाे हाेइन तर सरकारकै जिम्मेवार व्यक्तिहरू, त्यसमाथी प्रधानमन्त्रीकै गृह जिल्ला र एक जना वडाध्यक्ष त नेकपाकै हुन । दिप प्रज्वलन नगर्ने अर्का एक वडाध्यक्ष कांग्रेसबाट विजयी हुन । अरू तिन जनामा एकजना नेकपाकै वडा कमिटी अध्यक्ष र अरु दुइजना नेपाली कांग्रेसबाट विजयी वडासदस्य हुन। । याे त्यती ठुलाे कुरा त नलाग्ला तर यसले जनतालाइ के सिकाउछ वा प्रधानमन्त्रीकाे कुरा सरकारकै मान्छेहरू त मान्दैनन भने यसकाे के अर्थ भनेर जनता प्रश्नचाहीँ तेर्साउन सक्छन ।
बाँकी उनीहरूले किन बत्ती बालेनन भन्ने उनीहरू नै जानुन । तर यति हाे दिप प्रज्वलन सफल भयाे भन्ने चाही स्विकार्न सकिदैन ।
- बिष्णु लामिछाने, झापा
प्रतिक्रिया
बिक्री गर्न तयार भएकाे लाखाैकाे खरबुजा अज्ञात व्यक्ति द्वारा बारीमै काटेर नष्टप्रतिक्रिया
अलपत्र परेकालाई गन्तव्यसम्म पुर्याइदिने कर्णाली प्रदेशकाे निर्णयप्रतिक्रिया
२१ पदक जित्दै छैटाै सगरमाथा अन्तराष्ट्रिय कराते प्रतियाेगितामा नक्साल डाेजाे बन्याे च्याम्पियनप्रतिक्रिया
पालैपालो यौनसम्पर्कपछि हत्या, मोबाइल ‘अन’ भएपछि पत्ता लाग्यो हत्याराप्रतिक्रिया
कोरोना संक्रमण बढ्दै गएपछि कोरिया जाने कामदार पठाउन बन्द