महाकालीमा बगेर बालक बेपत्ता

महाकाली नदीले बगाएर डडेल्धुरामा एक बालक बेपत्ता भएका छन् ।

जिल्लाको परशुराम नगरपालिका–५, परिगाँउका ११ वर्षीय प्रवेश सिंह मंगलबार साँझ महाकालीमा बगेर बेपत्ता भएका हुन् ।बाख्रा चराउन गएका सिंह पानी पिउने क्रममा ढुंगाबाट चिप्लेर नदीमा बगेको प्रहरीले जनाएको छ ।

प्रहरी र गाउँलेले उनको खोजी कार्य जारी राखेको इलाका प्रहरी कार्यालय जोगबुडाका प्रहरी निरीक्षक इश्वरीदत्त पाण्डेयले जानकारी दिए ।

यो सामाग्री पढेर तपाईलाई कस्तो महसुस भयो ?

View all articles by
बुध, साउन १६, २०७५ (August 1, 2018, 10:07 am) मा द्वारा दुर्घटना अन्तर्गत प्रकाशित

प्रतिकृया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *


फेसबुकबाट प्रतिक्रिया

भर्खरै