वरिष्ठ कलाकार मनुजबाबु मिश्रको निधन

काठमाडौं ।वरिष्ठ चित्रकार एवं साहित्यकार मनुजबाबु मिश्रको ८३ वर्षको उमेरमा गएराति हृदयाघातका कारण निधन भएको छ ।

आफ्नै निवासमा सुतेको अवस्थामा राति दुई बजे उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ । उच्च रक्तचापबाट ग्रसित मिश्र दुई दशकदेखि आफ्नो निवास (गुफा)बाट बाहिर निस्किएका थिएनन् ।

उनको आत्मकथा ‘हर्मिताजः अढाइ दशक गुफामा’ दुई वर्षअघि प्रकाशित भएको थियो । मिश्र विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्र तथा ‘कलेज अफ जर्नालिज्म एण्ड मास कम्युनिकेशन’का प्रिन्सिपल डा. मञ्जु मिश्रका पिता हुन् ।

कान्छो छोरा विदेशबाट आएपछि सम्भवतः बिहीबार मिश्रको अन्त्येष्टि गरिने छ । उनका श्रीमती, दुई छोरा र दुई छोरी छन् ।

यो सामाग्री पढेर तपाईलाई कस्तो महसुस भयो ?

View all articles by
बुध, साउन २३, २०७५ (August 8, 2018, 11:32 am) मा द्वारा दुर्घटना अन्तर्गत प्रकाशित

प्रतिकृया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *


फेसबुकबाट प्रतिक्रिया

भर्खरै