जहाजमा चरा ठोक्किएको समाचार त आइरहन्छ। तर, आइतबार बेलुका नेपालगन्ज विमानस्थलमा नयाँ घटना भयो। जहाज स्यालसँग ठोक्कियो।
यती एयरलाइन्सको एटीआर-७२ जहाज आइतबार बेलुका नेपालगन्ज विमानस्थलमा अवतरणको क्रममा थियो। यही क्रममा स्यालसँग ठोक्कियो।
केहीबेरपछि विमानस्थलको रन–वेमा स्यालको रगत र मासुका टुक्रा देखियो। तत्कालै रन–वेमा दमकल लगाएर सफा गरेको विमानस्थल कार्यालयका प्रमुख प्रेमनाथ ठाकुर बताउँछन्। विमानस्थल टावरलाई जहाजमा स्याल ठोकिएको थाहा थिएन। तर, पाइलटले स्याल ठोक्किएको खबर गरेपछि मात्रै विमानस्थल कार्यालयलाई थाहा भएको उनको भनाइ छ।
जहाजमा स्याल ठोक्किए पनि कुनै मानवीय क्षति भएन। जहाजमा पनि कुनै ठूलो क्षति नपुगेको ठाकुरले बताए।
एयरलाइन्सको प्राविधिक टिमले जहाजमा कुनै क्षति नपुगेको निष्कर्षपछि जहाज राति नै काठमाडौं उडेको ठाकुर बताउँछन्।
प्रतिक्रिया
बिक्री गर्न तयार भएकाे लाखाैकाे खरबुजा अज्ञात व्यक्ति द्वारा बारीमै काटेर नष्टप्रतिक्रिया
अलपत्र परेकालाई गन्तव्यसम्म पुर्याइदिने कर्णाली प्रदेशकाे निर्णयप्रतिक्रिया
२१ पदक जित्दै छैटाै सगरमाथा अन्तराष्ट्रिय कराते प्रतियाेगितामा नक्साल डाेजाे बन्याे च्याम्पियनप्रतिक्रिया
पालैपालो यौनसम्पर्कपछि हत्या, मोबाइल ‘अन’ भएपछि पत्ता लाग्यो हत्याराप्रतिक्रिया
कोरोना संक्रमण बढ्दै गएपछि कोरिया जाने कामदार पठाउन बन्द