Naya Media
आइतवार, बैशाख १३, २०८३
| | April 26, 2026
आइतवार, बैशाख १३, २०८३

कैलालीमा सवारी दुर्घटना, तीनजनाको मृत्यु

User Photo सोमवार, मंसिर १७, २०७५

टीकापुर।कैलालीको टीकापुर नगरपालिकामा छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ। गएराति टीकापुर नगरपालिका वडा नं. ७ खैरीपुरमा मोटरसाइकल र डन्लप ठोक्किँदा दुईजनाको मृत्यु भएको हो।

इलाका प्रहरी कार्यालय टीकापुरले दिएको जानकारी अनुसार खैरीपुरमा भएको दुर्घटनामा टीकापुर नगरपालिका वडा नं. ७ बैदीका ३७ वर्षीय जिवानन्द कोइराला र २८ वर्षीय विष्णु रिमालको मृत्यु भएको छ। दुर्घटनामा १८ वर्षीय पवन पाण्डे घाइते भएका छन्। उनको कोहलपुरमा उपचार भइरहेको छ।

यता टीकापुर नगरपालिका वडा नं. २ बन्दीपुरमा रोकेर राखेको ट्याक्टरको ट्रलीमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ। दुर्घटनामा टीकापुर नगरपालिका वडा नं. ४ का २४ वर्षीय आशिष चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ। चौधरीको उपचारका क्रममा कोहलपुरमा मृत्यु भएको हो। दुर्घटनमा २३ वर्षीय महेन्द्र चौधरी घाइते भएका छन्।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.