कैलालीमा सवारी दुर्घटना, तीनजनाको मृत्यु

सोमवार, मंसिर १७, २०७५, । 

टीकापुर।कैलालीको टीकापुर नगरपालिकामा छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ। गएराति टीकापुर नगरपालिका वडा नं. ७ खैरीपुरमा मोटरसाइकल र डन्लप ठोक्किँदा दुईजनाको मृत्यु भएको हो।

इलाका प्रहरी कार्यालय टीकापुरले दिएको जानकारी अनुसार खैरीपुरमा भएको दुर्घटनामा टीकापुर नगरपालिका वडा नं. ७ बैदीका ३७ वर्षीय जिवानन्द कोइराला र २८ वर्षीय विष्णु रिमालको मृत्यु भएको छ। दुर्घटनामा १८ वर्षीय पवन पाण्डे घाइते भएका छन्। उनको कोहलपुरमा उपचार भइरहेको छ।

यता टीकापुर नगरपालिका वडा नं. २ बन्दीपुरमा रोकेर राखेको ट्याक्टरको ट्रलीमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ। दुर्घटनामा टीकापुर नगरपालिका वडा नं. ४ का २४ वर्षीय आशिष चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ। चौधरीको उपचारका क्रममा कोहलपुरमा मृत्यु भएको हो। दुर्घटनमा २३ वर्षीय महेन्द्र चौधरी घाइते भएका छन्।

यो सामाग्री पढेर तपाईलाई कस्तो महसुस भयो ?

सोमवार, मंसिर १७, २०७५ (December 3, 2018, 9:07 am) मा द्वारा दुर्घटना अन्तर्गत प्रकाशित

प्रतिकृया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *


फेसबुकबाट प्रतिक्रिया

भर्खरै