Naya Media
आइतवार, असार १, २०८२
| | June 15, 2025
आइतवार, असार १, २०८२
Advertisement

मिलमा बेरिएर २८ वर्षीया महिलाको मृत्यु

User Photo
आइतवार, फाल्गुन २६, २०७५

बाँकेको राप्तीसोनारी गाउँपालिका– ६ फत्तेपुरमा धान कुटाउने मिलमा सल बेरिएर एक महिलाको मृत्यु भएको छ । फत्तेपुरको सिधनवास्थित ‘सिधनवा राइस मिल’मा धान कुटाउन गएकी राप्तीसोनारी–६ सिधनवा निवासी २८ वर्षीया स्मृति थारूको मृत्यु भएको इलाका प्रहरी कार्यालय भगवानपुरका प्रमुख प्रहरी निरीक्षक वीरेन्द्र विकेले जानकारी दिए ।

शनिबार साँझ धान कुटाउने मिलको धुरामा उनले ओडेको सल बेरिएपछि दुर्घटना भएको प्रहरी निरीक्षक विकेले बताए । सल बेरिएर मिलको पट्टामा अल्झिन पुग्नुभएकी थारूको घटनास्थलमै मृत्यु भएको थियो । घटनास्थल सदरमुकाम नेपालगञ्जदेखि करिब १५ किलोमिटर टाढा राप्ती नदीपारि पर्दछ । मृतक थारूको शवलाई परीक्षणका लागि भेरी अस्पताल नेपालगञ्जमा राखिएको छ ।


advertisement


Photo

नयाँ मिडिया डट कम एक्टिभ प्रेस प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


सञ्चालक
एक्टिभ प्रेस प्रा.लि.

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

nayamedia.com@gmail.com

© 2016 - 2025 Active Press Pvt.Ltd. All Rights Reserved.