Naya Media
सोमवार, भदौ १, २०८३
| | August 17, 2026
सोमवार, भदौ १, २०८३

‘खुङ्खार अपराधी’ समूहका सत्यराज योगीमाथि गोली हानेर नियन्त्रणमा

गोली हानेर नियन्त्रणमा

User Photo बुधबार, भदौ १८, २०७६
काठमाण्डाै ।

काठमाडौं । ‘खुङ्खार अपराधी’ फुल हसन अन्सारी समूहका सत्यराज योगी भनिने सन्तोष दासलाई प्रहरीले नियन्त्रणमा लिएको छ

भारतमा बसेर व्यापारी धम्क्याउँदै पैसा असुली गर्ने दास नेपाल आउँदैछन् भन्ने गोप्य सूचनाको आधारमा प्रहरीले गोली हानेर नियन्त्रणमा लिएको हो ।

पैदल आउँदै गरेका दासले प्रहरीलाई हतियार देखाएर भाग्न खोज्दै गर्दा वीरगञ्जस्थित राधेमाई क्षेत्रबाट नियन्त्रण लिन प्रहरीले गोली चलाएको जिल्ला प्रहरी कार्यालय पर्साका एसपी सोमेन्द्र सिंह राठौरले जानकारी दिए ।

एसपी राठौरका अनुसार दासलाई नियन्त्रणमा लिन एक राउण्ड गोली खर्च भएको छ । दासको दाहिने घुँडामा गोली लागेको छ ।

गोली लागेर घाइते भएका दासको नारायणी उपक्षेत्रीय अस्पताल वीरगञ्जमा उपचार भइरहेको छ ।

दासको साथबाट प्रहरीले म्यागजीनसहितको टाईप ५४ मोडेलको पेस्तोल, १७ राउण्ड गोली र सेतो प्लाष्टिकमा रहेको खैरो रङ्गको १७० ग्राम धुलो पदार्थ पनि बरामद गरेको छ ।

दास यसअघि २०६४÷०६५ मा हातहतियार मुद्दामा तत्काल पुर्पक्षका लागि जेल चलान भएका व्यक्ति हुन् । त्यस्तै २०६६÷०६७ मा पशुपति रोड कैरियर ट्रान्सपोर्टमा काम गर्ने राजेश्वर दुवेलाई गोली प्रहार गरी हत्या गरेको आरोपमा ८ वर्ष ५ महिना १० दिन कैद सजाय भुक्तान गरेर निस्किएका थिए दास ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.