Naya Media
बुधबार, जेष्ठ २०, २०८३
| | June 3, 2026
बुधबार, जेष्ठ २०, २०८३

छोराको मृत्युको पीडा खप्न नसकेर बाबुले गरे आत्महत्या

User Photo सोमवार, भदौ ३०, २०७६
काठमाण्डाै ।

बुटवल । पाल्पाको त्रिभुवन बहुमुखी क्याम्पसका उप-प्रध्यापक कृष्णप्रसाद तिमिल्सिनाको तीन दिनअघि ह्दयघातबाट मृत्यु भएपछि त्यसको पीडा सहन नसकेर उनका ६५ वर्षीय बाबु भिमराज तिमिल्सिनाले सोमबार बिहान आत्महत्या गरेका छन् ।

४० वर्षीय छोरा कृष्णको शनिबार मृत्यु भएको थियो । जिल्लाको रामपुर नगरपालिका वडा नम्वर १० हेक्लाङ्गा निवासी उप–प्रध्यापक तिमिल्सिनाको ह्रदयघात मृत्यु भएपछि विक्षिप्त बनेका उनका बाबुले आज बिहान घर नजिकैको रुखमा झुण्डिएर आत्महत्या गरेको पाल्पाका प्रहरी प्रवक्ता डिएसपी कृष्णराज सापकोटाले जानकारी दिए ।

उपप्रध्यापक तिमिल्सिना पाल्पाको नर्सिङ्ग कलेज, मिलेनियम कलेजमा समेत अध्यापन गराउँथे भने पाल्पाकै सुर्योदय टेलिभिजनका अध्यक्ष समेत रहेका थिए । बाबु छोराको तीन दिनमै मृत्यु भएपछि आफन्तजन शोकमा डुबेका छन् ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.