Kanoon Post
बिहिबार, बैशाख ६, २०८१/ April 18, 2024,
बिहिबार, बैशाख ६, २०८१

Trending :

No tags found.

कर्णालीमा जीप खस्यो : ४ जनाको मृत्यु, एक बेपत्ता

काठमाण्डाै ।

काठमाडौँ । बाजुरामा बिहीबार दिउँसाे भएको जीप दुर्घटनामा ४ जनाको मृत्यु भएको छ भने १ जना वेपत्ता भएका छन् ।

हिमाली गाउँपालिकाको धुलाचौरबाट कोल्टितर्फ जाँदै गरेको से१ज १०६४ नम्बरको जीप हिमाली गाउँपालिकाकै कालागड भन्ने स्थानबाट कर्णाली नदीमा खसेको हो ।

दुर्घटनाममा पवन भण्डारी, रमेश शाही र चालक दिनेश कुमार घर्तीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । यस्तै एक जनाको सनाखत हुन बाँकी रहेको छ । यसैगरी १३ वर्षीया सुशील बिक कर्णालीमा बेपत्ता भएकी छिन् ।

प्रहरीका अनुसार दुर्घटनामा ४ जना घाइते भएको र उनीहरुलाई स्थानीय अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि हेलिकप्टरमार्फत नेपालगन्ज पठाउने तयारी भएको छ । प्रहरीले ९ यात्रु लिएर गन्तव्यतर्फ जाँदै गरेको बस घुम्तीबाट कर्णालीमा खस्न पुगेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट


Naya Media

सञ्चालक
एक्टिभ प्रेस प्रा.लि.

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

nayamedia.com@gmail.com

© 2016 - 2024 Active Press Pvt.Ltd. All Rights Reserved.

Discover more from NayaMedia

Subscribe now to keep reading and get access to the full archive.

Continue reading