Naya Media
मङ्लबार, जेष्ठ १९, २०८३
| | June 2, 2026
मङ्लबार, जेष्ठ १९, २०८३

बस दुर्घटना हुँदा ६ जना तीर्थयात्रीको मृत्यु

बससँग ठोक्किएर दुर्घटना

User Photo बिहिबार, फाल्गुन ८, २०७६
काठमाण्डाै ।

काठमाडौं । भारतको सलेम बेंगलरु नेशनल हाइवेमा मिनीबस दुर्घटना हुँदा ६ जना नेपाली तीर्थयात्रुको ज्यान गएको छ । बिहीबार बिहान नेपाली तीर्थयात्री चढेको मिनीबस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । मृत्यु हुनेमा २ जना महिला ४ जना पुरुष रहेका छन् ।

उक्त बसमा ३४ जना यात्रु थिए । घटनामा १८ जना घाइते भएका छन् । उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । प्रहरीका अनुसार बेंगलरुतर्फ जाँदै गर्दा राजमार्गमा अर्को बससँग ठोक्किएर दुर्घटना भएको हो ।

प्रहरीका अनुसार ५६ वर्षीय गोपाल तामाङ, ६० वर्षीय विष्णु दाहाल, ४६ वर्षीय वीरबहहादुर राई, ५० वर्षीय टीकाराम र ५० वर्षीया बेलुकारी चौधरीको पहिचान खुलेको छ । प्रहरीले दुबै बसका चालकलाई नियन्त्रणमा लिएको छ ।

उक्त गाडीमा रहेका एक तीर्थयात्री अमरनाथ चौधरीका अनुसार सबै जना नेपालको सुनसरी जिल्ला बासीरहेको हुन् । उनीहरु माघ २३ गत ३५ दिनको तीर्थयात्राका लागि भारत गएका थिए ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.