निर्मला पन्तको हत्या भएको दुई महिना पुगेको छ। बलात्कारपछि हत्या भएको लामो समय भइसक्दा पनि घटनामा संलग्न अपराधीलाई प्रहरीले पक्राउ गर्न सकेको छैन।
यसबीचमा निर्मलाका बुवाआमासहितको मानवअधिकारवादीको एक टोलीले राष्ट्रपति, प्रधानमन्त्री, गृहमन्त्री तथा प्रतिपक्ष दलका नेतालगायतसँग भेट गरी हत्यारालाई कानुनी दायरामा ल्याउन मागसमेत गरे। सरकारले पटक–पटक हत्याराको नजिक पुगिएको, अनुसन्धान जारी राखिएको, हत्यारालाई जुनकुनै हालतमा पनि छिट्टै पक्राउ गर्ने बताइहँदा व्यवहारमा भने अवस्था शून्यको अवस्थामा छ। जसकारण नेपाल प्रहरीको चौतर्फी आलोचना भइरहेको छ। घटनाका बारेमा छानबिन गर्न गठित उच्चस्तरीय समितिले आफ्नो प्रतिवेदन बुझाईसक्दा अनुसन्धानमा खटिएका प्रहरी, छानबिन समितिका सदस्य हुन् या सरकार र सर्वधारणनै किन नहुन्, सबैसामु सुरुदेखिकै एउटै प्रश्न जिवित छ– आखिर निर्मलाको हत्या कसले गर्यो?
जघन्य अपराधको घटनामा पनि अपराधी पक्राउ पर्न नसकेपछि तत्कालीन अवस्थामा प्रहरी प्रधान कार्यालयले प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)लाई अनुसन्धानमा खटिन निर्देशन दिएको थियो।
बुधबार मात्रै संसदको राज्यव्यवस्था समितिको बैठकमा बोल्दै गृहमन्त्री रामबहादुर थापाले प्रहरीले घटनास्थलमा उठाएको मुचुल्कामा तत्कालीन अवस्थामा भारतमा रहेका निर्मलाका बुवाको दस्थखत रहेको खुलासा गरेका छन्।
यसअघि जनदबाव बढ्न थालेपछि सिआइबीले हत्यारा दिलिपसिंह विष्ट रहेको भन्दै सार्वजनिकसमेत गर्यो। १३ वर्षीया पन्तको योनीको ‘भेजिनल स्वाब’मा भएको वीर्यसँग विष्टको डिएनए नमिलेपछि उनी रिहा भइसकेका छन्। यो बीचमा निर्दोष विष्टलाई प्रहरीले पक्राउ गरेर वास्तविक हत्यारा लुकाउन खोजेको भन्दै स्थानीयले आन्दोलन चर्काएका थिए। आन्दोलनको क्रममा १४ वर्षीय सन्नी खुनाको ज्यान गएको थियो भने केही घाइते भएका थिए। प्रहरीले दोषी भनी पक्राउ परेका व्यक्ति निर्दोष सावित भएसँगै प्रहरीको विश्वसनियतामाथि नै प्रश्न उठेको छ। अपराध अनुसन्धानको बलियो ‘पिल्लर’ मानिने सिआइबीले समेत गम्भीर त्रुटी गरेको भन्दै सिआइबीको छानबिन संयन्त्रमाथि नै प्रश्न उठेको छ।
बुधबार मात्रै संसदको राज्यव्यवस्था समितिको बैठकमा बोल्दै गृहमन्त्री रामबहादुर थापाले प्रहरीले घटनास्थलमा उठाएको मुचुल्कामा तत्कालीन अवस्थामा भारतमा रहेका निर्मलाका बुवाको दस्थखत रहेको खुलासा गरेका छन्। यसबाट प्रहरीको अनुसन्धानमा लापरबाही स्पष्ट देखिन्छ।
तर, सिआइबीलगायत स्थानीय प्रहरीले गरेका अनुसन्धान, घटनास्थलको अवस्था, दिलिपसिंह विष्ट लगायत अन्य पक्राउ पर्नुको कारण, कुकुरको किन प्रयोग भएन, हत्या कहाँ भएको थियो, पानी पर्दासमेत किताब किन भिजेन जस्ता प्रश्नको उत्तर अहिलेसम्म पनि प्रकाशमा आउन सकेको छैन। निर्मला हत्याको अनुसन्धानका क्रममा केही नखुलेका पाटा र उब्जिएका प्रश्न बारेमा यहाँ चर्चा गरिएको छ।
यस्तो छ घटनाको पृष्ठभूमि
साउन ९ गते रोशनी बम निर्मलाको घर आएकी थिइन्। यसैदिन नै निर्मला भोलिपल्ट (१० गते) रोशनीको घरमा जाने सल्लाह भएको थियो। रोशनीले निर्मलासँग लिएको २० रुपैयाँ भोलिपल्ट १० गते दिने बताएकी थिइन्। रोशनी र निर्मलाको घरको दूरी लगभग डेढ किलो मिटर टाढा छ। १० गते रोशनीको घर गएकी निर्मला सवा २ बजे घर जान्छु भन्दै बाहिरिएकी थिइन्।
शवकाे प्रकृति हेर्दा आैंलाले कोपरेर झारमा समाएको जस्तो देखिन्थ्यो। तर, त्यसलाई ‘राइगर मोटिस’ भएर औंलाले समातेको जस्तो देखिएको डाक्टरले बताएका थिए। वीर्य भेटिएपछि बलात्कार भएको पुष्टि भयो। अब घोप्टो अवस्थामा बलात्कार सम्भव छ कि छैन?
रोशनीको घरबाट अम्बा, किताब लिएर साइकलमा घर जान्छु भनेर हिँडेकी निर्मला न घरसम्म पुग्छिन्, न त कसैसँग सम्पर्कमा नै आउँछिन्। १० गते अपरान्हबाट खोजिएकी निर्मलाको अन्ततः भोलिपल्ट बिहान ११ बजे उखुबारीमा शव फेला पर्छ। पोस्टमार्टम रिपोर्टमा बलात्कारपछि घाँटी थिचेर हत्या गरिएको जनाइएको छ। घाँटीमा ५ वटा औंलाको डाम भन्ने उल्लेख छ।
घटनास्थलमै बलात्कार भएको हो वा अन्यत्रै?
रोशनी र निर्मलाको घरबीचमा पर्ने उखुबारीमा उनको शव भेटिएको थियो। बाटोनजिकै खोलाभन्दा पारी रहेको उखुबारीमा निर्मलाको शव पानीमाथि घोप्टो परेको अवस्थामा फेला पारिएको थियो। आैंलाले कोपरेर झारमा समाएको जस्तो देखिन्थ्यो। तर, त्यसलाई ‘राइगर मोटिस’ भएर औंलाले समातेको जस्तो देखिएको डाक्टरले बताएका थिए। वीर्य भेटिएपछि बलात्कार भएको पुष्टि भयो। अब घोप्टो अवस्थामा बलात्कार सम्भव छ कि छैन? प्रहरीले अनुसन्धान गर्यो।
घोप्टो अवस्थामा त्यो पनि १३/१४ वर्षको किशोरीलाई हिलोमा बलात्कार गर्न सम्भव छैन। ‘त्यहाँ बलात्कार गरेको भए उनको कपडामा हिलैहिलो लाग्नु पर्ने हो। हिलोमा शव गाडिनु पर्ने हो। तर, त्यस्तो देखिँदैन’, अनुसन्धानमा खटिएका एक अधिकारी भन्छन्, ‘शव तथा शव रहेको स्थानको अवस्था हेर्दा अन्य ठाउँमै बलात्कार गरेर त्यहाँ लगेर फालेको देखिन्छ।’
खोला वारी नै बलात्कार भएको लाश खोलामै फालिन्थ्यो होला, खोला पारी बोकेर लैजान सक्ने सम्भावना न्युन छ। खोला पारी नै बलात्कार गरेर उखुबारीमा लगेर फालिएको हुनसक्ने प्रहरीले विश्लेषण गरेको छ।
बिटिएस ट्रयापमा परे ५ सय जना
हत्यामा कुनै ‘क्लू’ फेला पर्न सकेको थिएन। धरै प्रश्न प्रहरीका लागि अनुत्तरित थिए। आन्दोलन दिनप्रतिदिन चर्किंदो थियो। हत्यारा जसरी पनि र जतिसक्दो छिटो पक्राउ गर्नुपर्ने प्रहरीलाई दबाव थियो। ‘रोशनीको घरबाट निस्केपछि निर्मला कता गई देख्ने मान्छे कोही थिएन, सिसिटिभीको फुटेज पनि थिएन, सोधपुछ गर्दा कतै पत्ता लाग्दैन तर हामीलाई जसरी पनि अनुसन्धानबाट पत्ता लगाउनु छ’, अनुसन्धानमा खटिएका एक प्रहरीले भने, ‘प्रहरी जादुको छडी त होइन नी, हामीले पनि अनुसन्धान त गर्नुपर्यो। त्यसका लागि समय त लाग्छ नी।’
निर्मलाको शव भेटिएकाे स्थल वरपर मोबाइलमा कुरा गर्ने व्यक्ति अनुसन्धानको घेरामा आउन थाले। बिटिएस टावरमा ठोक्किएका ५ सय भन्दा बढी व्यक्तिलाई प्रहरीले सोधपुछ गर्दै बयान लिँदै छाडेको थियो।
कतैबाट नयाँ तथ्य फेला नपरेपछि अनुसन्धानमा खटिएको प्रहरी टोलीले एनसेल र एनटिसीको टावर (बिटिएस) लोकेसनमा देखाएका आधारमा केही व्यक्तिलाई सोधपुछ गर्न थाल्यो।
निर्मलाको शव भेटिएकाे स्थल वरपर मोबाइलमा कुरा गर्ने व्यक्ति अनुसन्धानको घेरामा आउन थाले। बिटिएस टावरमा ठोक्किएका ५ सय भन्दा बढी व्यक्तिलाई प्रहरीले सोधपुछ गर्दै बयान लिँदै छाडेको थियो।
यस प्रक्रियाबाट बिटिएस ट्र्यासमा देखिएका व्यक्ति घटनास्थल वरपर किन गए? घटना देखे कि देखेनन्? आफ्नो कामले गएको थियो भने के कामले गएको थियो? आदिको कुराको विश्लेषण प्रहरीले गरेको थियो। बिटिएस टावरमा ठोक्किएका ५ सय जनासँग बयान लिएपनि त्यसबाट कुनै नयाँ तथ्य प्रहरीले फेला पार्न सकेन।
किन पक्राउ परे निर्दोष भनिएका चक्र बढुदेखि दिलिपसिंह विष्टसम्म?
रोशनीको घरबाट निस्किएको ५ मिनेटपछि नै पानी परेको थियो। विद्यार्थी निर्मलाका लागि आफू भिज्नेभन्दा पनि किताब र आफ्नो नोट कापी भिज्ने बढी डर हुनु स्वभाविक थियो।
कापी–किताब बचाउनु निर्मलाका लागि पहिलो प्राथमिकता हुने विश्लेषण प्रहरी गर्छ। निर्मलाको साइकल भेटिएको ठाउँबाट नजिकको घर भनेकै चक्र बढुको हो। चक्रकी बहिनी निर्मलाकी ‘क्लास मेट’समेत हुन्। प्रहरीले विश्लेषण गर्छ निर्मला चक्रको घरमा ओत लाग्न पो गइन् की?
भारत जाने तरखरमा रहेका चक्रको मोबाइल नियन्त्रणमा लिएर प्रहरीले ‘फरेन्सिक ल्याब’मा पठाउँछ। ल्याबले निर्मलाको शवको १२ वटा फोटो रिकभर गर्छ। बढुले सोधपुछका क्रममा भने ३ वटा मात्रै फोटो खिचेको बताएका थिए। प्रहरीले झनै शंका गर्ने ठाउँ देख्छ।
प्रहरीले चक्रको परिवारमा सोधपुछ गर्दा श्रीमतीले चक्रले घटनास्थलबाट निर्मलाको शवको फोटो खिचेर ल्याएको र आफूले शवको ३ वटा फोटो हेरको बताउँछिन्।
चक्र, चक्रकी श्रीमती र बहिनीलाई छुट्टा–छुट्टै राखेर प्रहरीले सोधपुछ गर्छ। तीन जनाका कुरा आपसमा नमिलेपछि अनुसन्धानमा खटिएको प्रहरीलाई थप शंका लाग्छ। श्रीमतीले घटनास्थलको फोटो हेरेको बताए पनि चक्रले ट्याक्टरमा राखेको शवको फोटो खिचेको बताउँछन्। प्रहरीले शंका गर्नुपर्ने एउटा कारण फेला पार्छ।
भारत जाने तरखरमा रहेका चक्रको मोबाइल नियन्त्रणमा लिएर प्रहरीले ‘फरेन्सिक ल्याब’मा पठाउँछ। ल्याबले निर्मलाको शवको १२ वटा फोटो रिकभर गर्छ। बढुले सोधपुछका क्रममा भने ३ वटा मात्रै फोटो खिचेको बताएका थिए। प्रहरीले झनै शंका गर्ने ठाउँ देख्छ। त्यसपछि उनको पोलिग्राफदेखि डिएनएसम्म परीक्षण गरेपछि निर्दोष भएको पुष्टि हुन्छ र थुनामा रहेको ११औं दिनमा बढु छाडिन्छन्।
त्यसैगरी अनुसन्धानको क्रममा हेमन्ती भट्ट पनि पक्राउ पर्छिन्। निर्मलाको घरमा आमाको मात्रै मोबाइल थियो। निर्मला, निर्मलाकी दिदी मनिषा र आमाले एउटै मोबाइल प्रयोग गर्थे। निर्मलाकी आमाको मोबाइल चेक गर्दा प्रहरीले शंकाष्पद ‘म्यासेज’ संवाद भेट्छ। त्यो ‘म्यासेज’ संवाद भने हेमन्ती भट्टसँग गरिएको तथ्य खुल्छ।
प्रहरीले हेमन्तीको मोबाइल टेलिकममार्फत चेक गरेको थियो। हेमन्तीको मोबाइलमा १६ वटा सीमकार्ड प्रयोग भएको देखियो।
हेमन्तीले पठाइएको एउटा म्यासेजमा लेखिएको हुन्छ– ‘आज निर्मला छैन, भोलि कल गर्नु।’ प्रहरीले यस्तै किसिमको अर्को पनि म्यासेज भेट्छ। प्रहरीलाई झनै शंका लाग्छ। त्यसपछि भने प्रहरीको अनुसन्धान हेमन्तीतर्फ सोझिन्छ।
प्रहरीले हेमन्तीसँग साधपुछ गर्दा हराएकै दिन बिहान निर्मलासँग भेट भएकोसम्म जानकारी प्राप्त गर्छ। त्यसैदिन, हेमन्तीले निर्मलाकी दिदी मनिषालाई आफ्नो घर लिएर गएकी थिइन्। हेमन्तीकी बहिनी भूमिका र मनिषा एउटै कक्षामा पढ्छन्। मनिषा घटना भएको दिनभर हेमन्तीको घरमा थिइन्।
हेमन्ती चाहीं मनिषालाई आफ्नो घर पुर्याएर बजार निस्केकी थिइन्। यतिसम्म देखिएपछि प्रहरीले हेमन्तीको मोबाइल टेलिकममार्फत चेक गरेको थियो। हेमन्तीको मोबाइलमा १६ वटा सीमकार्ड प्रयोग भएको देखियो।
‘हेमन्तीका बारेमा हामीले सबै सूचना जम्मा पारेर बसेका थियौ’, अनुसन्धानमा खटिएका एक अधिकारीले भने, ‘तर उनले हामीलाई बारम्बार ढाटेपछि शंका लागेर अनुसन्धान गरेका थियौं।’
प्रहरीलाई शंका उत्पन्न गराएको म्यासेज ‘निर्मला आज छैन भोलि कल गर्नु’ मृतक निर्मला नभएर अर्कै निर्मला भएको पत्ता लागेपछि प्रहरीले उनलाई छाडेको थियो। हेमन्तीलाई ५ दिनसम्म तारेखमा राखेर अनुसन्धान गरिएको थियो।
पक्राउ परेका दिलिपसिंह विष्ट भने प्रहरीको ‘र्यान्डम चेकिङ’मा परेर अनुसन्धानसम्म तानिएका थिए। हत्याको अनुसन्धानमा खटिएको प्रहरीले जेलबाट छुटेका, गाउँमा बेरोजगार भएर बसेका, गाँजाभाङ खाने, चोरीडकैती गर्ने, घरबाट हराएका, झै–झगडा केसमा प्रहरीकोमा परेका, उदण्ड स्वभावका व्यक्तिलाई निगरानीमा राखेको थियो।
यस्तै किसिमको व्यक्तिको निगरानी गर्दै प्रहरी भदौ ३ गते बेलुका गस्तीमा निस्किएको थियो। गस्तीमा हिँडेको प्रहरीको मोटरसाइकलको ‘हेडलाइट’ बलेपछि सडकमा एक्लै हिँडिरहेका विष्ट ठिंग उभिएका थिए। प्रहरीले हामी प्रहरी हौं, राति कहाँ हिँडेको भनेपछि विष्ट भाग्न खाजेको प्रहरीले बताउँदै आएको छ।
निर्मलाको साइकलको चेन बिग्रिएको र आफूले बनाइदिएको, घटनास्थल नजिकै हत्या गरेर त्यहाँ लगेर फालेकोसम्म आफैं बताएको अनुसन्धानमा खटिएका प्रहरीको दाबी छ।
त्यसपछि उनलाई पक्राउ गरेर घटनाबारे सोधपुछ गर्दा हत्या कबुल गरेको र विष्ट नै दोषी भन्दै प्रहरीले सार्वजनिक गरेको थियो। विष्ट पक्राउ पर्नुको नखुलेको मुख्य पाटो भने यस्तो छ।
प्रहरीले विष्टलाई पक्राउ गरेपछि राति १२ बजे अनुसन्धानमा खटिएका सिआइबीका डिएसपी अंगुर जिसीलाई कार्यालयबाट फोन आउँछ, ‘सर एक जना मान्छे भेटिएको छ, घटनाबारे सबै बताउँछ।’
अनुसन्धानको एक महिना पुग्न लाग्दासम्म कुनै ‘क्लु’ फेला पर्न नसकेको अवस्थामा एकाएक कसरी पत्ता लाग्छ हत्यारा? जिसीले फोनमै जवाफ फर्काउँछन्। सोधपुछका क्रममा विष्टले निर्मलाको खल्तीमा रहेको २० रुपैयाँको चुरोट, गुट्खा खाएकोसम्म कबुल गरेको प्रहरी अधिकारीले फोनमा बताउँछन्। रोशनीले निर्मलालाई २० रुपैयाँ दिनु छ भन्नु र २० रुपैयाँको चुरोट, गुट्खा खाएँ भन्नुलाई प्रमाण मानेर अनुसन्धान थालेको प्रहरीले विष्ट नै दोषी भएको ठहर गरेको थियो।
सोसँगै विष्टले निर्मलाको साइकलको चेन बिग्रिएको र आफूले बनाइदिएको, घटनास्थल नजिकै हत्या गरेर त्यहाँ लगेर फालेकोसम्म आफैं बताएको अनुसन्धानमा खटिएका प्रहरीको दाबी छ। निर्मलाको कसरी हत्या भयो भन्नेसम्म पत्ता लगाउन नसकेको प्रहरीले विष्टलाई पक्राउ गरेपछि ‘कसरी’ भन्ने प्रश्नको सबै उत्तर आएकोले विष्ट नै दोषी देखिएको दाबी गरेको थियो।
अन्ततः डिएनए परीक्षणमा विष्ट निर्दोष सावित हुन्छन्। भदौ ३ गते पक्राउ परेका विष्टलाई नियन्त्रणमा राख्नुपर्ने कारण नदेखिएपछि उनलाई २५ गते रिहा सामान्य तारेखमा रिहा गरिन्छ। प्रहरीले सोधपुछमा विष्टले हत्या गरेको स्विकार गरेको बताएको थियो। विष्टका परिवारले भने कुटपिट गरेर स्विकार्न लगाएको आरोप लगाएका छन्। मानसिक सन्तुलन ठिक नभएका भनिएका विष्टको कुरामा विश्वास गर्नुपर्ने कारण नभएको स्थानीयले बताएका थिए। विष्टलाई पक्राउ गरेपछि ‘भिआइपी’ हत्यारा लुकाउन खोजेको भन्दै कञ्चनपुरमा स्थानीयले आन्दोलन चर्काएका थिए।
साइकल भएको ठाउँमा स्थानीय खोज्न गएपछि खोला पारी उखुबारीको पानी जमेको ठाउँमा निर्मलाको शव फेला परेको थियो। महिलाहरु सो स्थानमा पुग्दा एक जना बोल्न नसक्ने व्यक्ति निर्मलाको साइकल पुछिरहेका थिए।
यही घटनामा पक्राउ परेर थुनामा रहेका व्यक्ति हुन् रोशनी बम र बबिता बम। उनीहरुको घरबाट निर्मला बेपत्ता भएको र बबिताले ‘साइकल भेटिएपछि लाश पनि त्यतै होला’ भनेको स्थानीयबाट कुरा आएपछि उनीहरुलाई थुनामा राखेर अनुसन्धान गरिएको थियो। भदौ ९ गते पक्राउ परेका उनीहरु २५ गते रिहा भएका थिए। बम निवासमा दुई महिनादेखि रोशनीका दिदीबहिनी मात्रै बस्दै आएका थिए। उनीहरुका दाजुभाउजु कोहलपुर तथा बाबुआमा भने दार्चुला बस्दै आएका थिए।
पानी पर्दा पनि किन भिजेन किताब?
निर्मला हराएको दिन दिउँसो ४ बजे बाटोमुनि उनको साइकल र किताब कालो प्लास्टिकमा अम्बाको पोको छरपष्ट अवस्थामा घना भण्डारीका भतिजा ६ वर्षीय सन्दिपले देखेका थिए। घाँस काट्दै गरेकी काकीलाई त्यो कुरा सन्दिपले सुनाएका थिए। घनाले कसैको होला भनेर वास्ता गरिनन्। पल्लो गाउँकी भएकाले घनालाई निर्मला हराएको थाहा थिएन।
भोलिपल्ट ११ गते गाउँमा महिला समूहको बैठक बसेको थियो। त्यहाँ निर्मला हराएको कुराबारे हल्लाखल्ला भएपछि घनाले साइकल देखेको बताएकी थिइन्।
त्यसपछि साइकल भएको ठाउँमा स्थानीय खोज्न गएपछि खोला पारी उखुबारीको पानी जमेको ठाउँमा निर्मलाको शव फेला परेको थियो। महिलाहरु सो स्थानमा पुग्दा एक जना बोल्न नसक्ने व्यक्ति निर्मलाको साइकल पुछिरहेका थिए।
निर्मला रोशनीको घरबाट आफ्नो घर फर्किएको भनेको ५ मिनेटपछि नै पानी परेको थियो। तर ठूलो पानी पर्दासमेत किताब किन भिजेन? स्थानीयले प्रश्न गरेका छन्। यसबारे घटनाको अनुसन्धानमा खटिएका एक प्रहरी अधिकारी भन्छन्, ‘किताब बाहिरको गाता ‘वाटर कोडेड’ थियो, साइडको भागबाट मात्रै पानी पस्न सक्थ्यो। पानी पस्नसक्ने साइडको भाग भिजेकै छ। अर्को कुरा पानी जम्ने ठाउँमा किताब भएको भए पूरै भिज्थ्यो। किताब जालीमाथि भएकाले पानी जम्न पाएन। त्यसैले किताब नभिजेको हुनसक्ने हाम्रो अुनमान हो।’
स्वाबको वीर्य परीक्षण प्रहरी अनुसन्धानको इतिहासमै पहिलो घटना
घटना जघन्य भएपछि सिआइबीको जघन्य अपराधको ‘पिल्लर’का डिएसपी अंगुर जिसीको नेतृत्वमा ३ जना साउन १३ गते घटनास्थल कञ्चनपुर पुगेका थिए। त्यतिन्जेलमा मुचुल्का उठाएर शव अस्पतालमा ल्याइएको थियो। आन्दोलनले उग्र रुप लिँदै थियो। प्रहरीलाई यतिखेर दोहोरो जिम्मेवारी थियो– आन्दोलन साम्य पार्न सडकमा उत्रनु र घटनाको अनुसन्धान गर्नु।
वीर्य ‘सेक्रेटर’ र ‘ननसेक्रेटर’ हुन्छ। ८० प्रतिशत मानिसको वीर्य ‘सेक्रेटर’ र २० प्रतिशतको ‘ननसेक्रेटर’ हुन्छ। ‘सेक्रेटर’ वीर्यबाट ब्लड ग्रुप छुट्टिने र ‘ननसेक्रेटर’बाट नछुट्टिने डाक्टरले जानकारी गराएका थिए। ब्लड ग्रुप छुट्टिएको भए अनुसन्धान दायरा केही साँघुरो हुन्थ्यो। तर निर्मलाको योनांगको ‘भेजाइनल स्वाब’मा भएको वीर्य ब्लड ग्रुप नछुट्टिने खालको भएको डाक्टरले पुष्टि गर्छन्।
त्यो समयसम्म घटनाका बारे कुनै ‘क्लु’ फेला परेको थिएन। घटना कसले गर्यो भन्दा पनि कसरी भयो भन्नेसम्म प्रहरीले पत्ता लगाउन सकेको थिएन। अस्पतालमा राखिएको शवको सुक्ष्म अनुसन्धान सिआइबीको टोलीले गरेको थियो। बाँया पट्टीको कन्चटनिर निधारमा निलो सानो डाम थियो, दुबै खुट्टाको तिघ्रामा उखुका डाँटले घोचेजस्तो सानो रातो दाग जस्तो देखिन्थ्यो।
‘शवबाट मात्रै कुनै क्लु फेला पर्ने अवस्था थिएन’, एक अधिकारीले डाक्टरलाई सोध्छन्, ‘रेप भनेपछि त पक्कै योनीको स्वाबमा वीर्यको केही अंश हुन्छ होला?’
डाक्टरबाट उत्तर आउँछ, ‘हुनसक्छ।’
त्यसपछि ‘भेजाइनल स्वाब’ निकालेर सिआइबीको टोलीले परीक्षणका लागि विमानमार्फत काठमाडौं पठाउँछ। स्वाब चेक गर्दा वीर्यको अंश फेला पनि पर्छ। डिएसपी अंगुर जिसीको टोलीले त्यसबेला डाक्टरलाई सोधेका थिए, ‘वीर्यबाट ब्लड ग्रुप छुट्टिन्छ कि छुट्टिदैन?’
वीर्य ‘सेक्रेटर’ र ‘ननसेक्रेटर’ हुन्छ। ८० प्रतिशत मानिसको वीर्य ‘सेक्रेटर’ र २० प्रतिशतको ‘ननसेक्रेटर’ हुन्छ। ‘सेक्रेटर’ वीर्यबाट ब्लड ग्रुप छुट्टिने र ‘ननसेक्रेटर’बाट नछुट्टिने डाक्टरले जानकारी गराएका थिए। ब्लड ग्रुप छुट्टिएको भए अनुसन्धान दायरा केही साँघुरो हुन्थ्यो। तर निर्मलाको योनांगको ‘भेजाइनल स्वाब’मा भएको वीर्य ब्लड ग्रुप नछुट्टिने खालको भएको डाक्टरले पुष्टि गर्छन्।
बलात्कार भनेपछि निर्मलाको सुरुवालमा पुरुषको गुप्ताङ्गको रौं जरैसँग झरेको (प्युबिक) हुनुपर्ने अनुसन्धान विज्ञहरुको तर्क छ। जरैसँग झरेको प्युबिक भेटिएको भए त्यसको डिएनबाट अपराधी पत्ता लाग्न सक्थ्यो।
स्वाबबाट वीर्य निकालेर डिएनए परीक्षण गरिएको नेपाल प्रहरीको अनुसन्धानमा यो पहिलो घटना भएको प्रहरी अधिकारी बताउँछन्। सिआइबी अनुसन्धानले अन्य प्रहरीले जस्तो अभियुक्तको साबिति बयानलाई मात्रै आधार मान्दैन। जसका लागि प्राविधिक तथा वैज्ञानिक ढंगबाट प्रमाणित गर्नुपथ्र्यो। स्वाब भेटिनुले सिआइबीलाई ठूलो प्रमाण मिलेको थियो।
गुप्ताङ्गको रौंबाट पनि अपराधी पक्राउ पर्न सक्थे
निर्मलाको शवमा कुनै सबुद प्रमाण फेला नपरेको प्रहरीले बताउँदै आएको छ। तर, घटनास्थल पुगेको प्रहरी टोलीले गम्भीर त्रुटी गरेको देखिन्छ। बलात्कारपछि हत्या गरिएको गम्भीर प्रकृतिको घटनामा अनुसन्धानका लागि घटनास्थललाई सुरक्षित गर्नुको सट्टा प्रहरीबाटै निर्मलाको सुरुवाल धुनेसम्मको लापरबाही गरिन्छ।
लामो समयदेखि अनुसन्धानमा खटिएका प्रहरी अधिकारीहरु भने सुरुवालमा केही प्रमाण हुनसक्ने दाबी गर्छन्। बलात्कार भनेपछि निर्मलाको सुरुवालमा पुरुषको गुप्ताङ्गको रौं जरैसँग झरेको (प्युबिक) हुनुपर्ने अनुसन्धान विज्ञहरुको तर्क छ। जरैसँग झरेको प्युबिक भेटिएको भए त्यसको डिएनबाट अपराधी पत्ता लाग्न सक्थ्यो। आरोपी भनिएका दिलिपसिंह विष्टको डिएनए नमिलेको अवस्थामा प्युबिक भएको भए त्यसलाई क्रस चेक गरेर समेत हेर्न सकिन्थ्यो।
अहिले परीक्षण गरिएकाको डिएनए मिलेन भने…?
निर्मला पन्तको हत्याको प्रमाणको रुपमा अब एउटा मात्रै चिज बाँकी छ, डिएनए परीक्षण। अरु प्रमाण मेटिइसके र कतिपय त मेटाइए पनि। प्रहरीले दोषी ठहर गरेका व्यक्ति दिलिपसिंह विष्ट डिएनए परीक्षणबाटै निर्दोष सावित भए।
डिएनए नतिजामा उनीहरु ३ जनामध्ये कुनै एक जनासँग मिले त अनुसन्धान सकिएला। यदि मिलेन भने? यो प्रश्नको उत्तर पाउन सहज छैन।
त्यसपछि कञ्चनपुरका तत्कालीन एसपी डिल्लीराज विष्ट, उनका छोरा किरण विष्ट र भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्टका भतिजा आयुष विष्टको डिएनए परीक्षणको नमुना संकलन गरी परीक्षणको क्रममा छ। डिएनएको नतिजा भने आइसकेको छैन। डिएनए नतिजामा उनीहरु ३ जनामध्ये कुनै एक जनासँग मिले त अनुसन्धान सकिएला। यदि मिलेन भने? यो प्रश्नको उत्तर पाउन सहज छैन।
त्यसपछि के गर्ने भन्ने उत्तर अहिले कुनै प्रहरी अधिकारीसँग छैन। डिएनएको विकल्पमा डिएनए बाहेक अरु प्रमाण अब प्रहरीसँग पनि छैनन्। यदि डिएनएमा उनीहरु निर्दोष देखिए अनुसन्धान थप जटिल बन्ने निश्चित छ। शंका लागे जतिका व्यक्तिको डिएनए परीक्षण गर्नु बाहेक अर्को विकल्प देखिँदैन। यदि मुख्य अपराधी अहिलेसम्म निगरानीमा नआएको भए पनि अब डिएनए गर्ने भए भन्ने थाहा पाएपछि भाग्नसक्ने सम्भावना पनि उत्तिकै रहन्छ।