Naya Media
शनिबार, फाल्गुन ९, २०८२
| | February 21, 2026
शनिबार, फाल्गुन ९, २०८२

टीकापुरमा भन्सार छलि गरी भित्रिदै गरेकाे लाखौंको अबैध कपडा बरामद

User Photo बुधबार, पुस १०, २०८१
कैलाली ।

कैलाली जिल्लाको टीकापुर नगरपालिका वडा नं. ९ बाट मंगलबार राती भन्सार छलि गरी भित्रिदै गरेकाे अबैध कपडा प्रहरीले बरामद गरेको छ ।

खक्रौला स्थित सशस्त्र प्रहरि बलका गुल्मपति पुर्ण बहादुर चन्दले रात्री को १० बजे ३ लाख ८९ हजार बराबरको कपडा नियन्त्रणमा लिएको बताउनुभएको छ ।

रात्रीको समयमा जङ्गलको बाटो भएर अबैध कपडा भित्रीन लागेको थियो, हामिहरु सजग थियौ तर तस्करहरूले सुइँको पाउनासाथ कपडा छोडेर जङ्गल मा फरार भएको डिएसपि चन्दले बताउनुभयो ।

नियन्त्रणमा लिएको कपडा सत्ति भन्सार कार्यालय खक्रौलामा बुझाइएको प्रहरीले जनाएको छ । सशस्त्र प्रहरी, सिमामा हुने अबैध गतिविधि रोक्न कडाईका साथ अहोरात्र खटिएको उहाँले बताउनुभयो ।

त्यसैगरि इलाका प्रहरी कार्यालय टीकापुरले गत ३ गते रात्री ८ बजे ७२ हजार बराबरको अबैध कार्पेट तथा पुष ७ गते राति ८ बजे इन्जिनमा प्रयोग हुने ठुलो साइजको १ लाख बराबरको अबैध ब्याट्रि सहित मानिस पक्राउ गरेको प्रहरी नायब उपरीक्षक नबिनराजा बुढाथोकिले बताउनुभयो ।

# टिकापुर # पक्राउ # भन्सार छलि

Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.