टीकापुरमा एक जना युवा १.९०० मिलिग्राम खैरो हेरोइन सहित पक्राउ परेकाछन । आज बिहान १०:०० बजेको समयमा टिकापूर नगरपालिका ४ थानापूरमा बा.४५प ४९६२ नम्बर को मोटरसाइकलमा सवार टिकापुर ना.पा ९ रोइनि बोझि बस्ने बर्ष २९ को गोबिन्द चौधरीलाई खैरो हेरोइन सहित इलाका प्रहरी कार्यालय टीकापुरको टोलीले पक्राउ गरेको हो ।
शंका लागेपछि प्रहरीले चौधरीको शरीर तलासी गर्दा ज्याकेटको गोजी बाट लुकाई छिपाई राखेको १ पोका खैरो हेरोईन सुद तौल १.९०० मिलिग्राम बरामद गरेको इलाका प्रहरी कार्यालय टीकापुरका इन्चार्ज प्रहरी नायब उपरीक्षक नबिन राजा बुढाथोकि ले बताउनुभयो ।
त्यसैगरी टीकापुर नगरपालिका वडान १ मुनुवारोड बाट ७२ हजार ४ सय ६० रुपैयाँ बराबरको भजनि तर्फबाट भन्सार छलि गरेर आएको हार्डवेयर इलाका प्रहरी कार्यालय टीकापुरको सुचना संकलनमा खटिएको टाेलिले बरामद गरेको र उक्त सामान सत्ति भन्सार कार्यालय खक्रौला बुझाएको इन्चार्ज बुढाथोकिले बताउनुभयो ।
प्रहरीले खैरो हेरोइन लगातार बरामद गर्नु र भन्सार छलिको सामान दिनहुँ जसो बरामद गर्नाले पनि भन्सार छलि गर्ने प्रवृत्ति देखिएको छ भने खैरो हेरोइन प्रयोग कर्ता बढेको र बिकृति फैलिएको सहजै अनुमान लगाउन सकिने हुनाले नागरिकका साथै अभिभावक सचेत हुनुपर्ने स्थानिय व्यावशायी रिभर साइड यातायात प्रालिका अध्यक्ष गणेश राज वलिले बताउनुभयो ।
