Naya Media
बुधबार, कार्तिक २६, २०८२
| | November 12, 2025
बुधबार, कार्तिक २६, २०८२

बैंक अफ काठमान्डू सेयरधनीसँग भन्छ–पहिला कर तिर्नुहोस्, अनि मात्र खातामा आउँछ बोनस

User Photo
शुक्रबार, अशोज १९, २०७५

बैंक अफ काठमान्डूको १३.२५% बोनस सेयर हात पार्न पहिला कर तिर्नुभर्ने भएको छ । बोनसमा लाग्ने कर तिरेपछि मात्र लगानीकर्ताको डिम्याट खातामा बोनस सेयर पठाइने बैंकले जानकारी गराएको छ । बैंकले २०७३ असार ३१ देखि २०७५ असार ७ गतेसम्म सेयर खरिद गरेकाहरुले बोनस पाउन कर तिर्नुपर्ने उल्लेख गरेको छ ।

लगानीकर्ताले बैंक अफ काठमान्डूको खाता नम्बर ३६००००३६००१२ कर जम्मा गर्नुपर्नेछ । अनि मात्र सम्बन्धित सेयरधनीको डिम्याट खातामा बोनस सेयर जम्मा हुनेछ । गत असार ७ गतेसम्म आफ्नो सेयर अभौतिकरण गराइसकेका सेयरधनीको भने डिम्याट खातामा बोनस सेयर जम्मा गरिसकिएको बैंकले जानकारी दिएको छ ।

असार ७ गते भन्दापछि डिम्याट गराएकाहरुको पनि बोनस सेयर खातामै जम्मा गरिदिने तयारी भइरहेको बैंकको भनाई छ ।
तर, हालसम्म पनि सेयर डिम्याट नगराउनेहरुलाई बैंकले छिटो गर्न आग्रह गरेको छ । आफूलाई पायक पर्ने निक्षेप सदस्य वा सेयर रजिष्ट्रार नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड नक्साल काठमाडौंमा गएर गर्न डिम्याट गर्न सकिनेछ ।

बैंकको गत असार २८ गते सम्पन्न वार्षिक साधारण सभाले अघिल्लो वर्षको कमाईबाट १३.२५% बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको थियो । हाल यस बैंकको चुक्ता पुँजी ७ अर्ब ७ करोड २८ लाख ९६ हजार रुपैयाँ रहेको छ । गत असार मसान्तसम्ममा बैंक अफ काठमान्डूले १ अर्ब ३३ करोड ३७ लाख ९८ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।


Photo

नयाँ मिडिया डट कम एक्टिभ प्रेस प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सञ्चालक
नोवस मिडिया ग्रुप प्रा.लि.

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

              © 2016 - 2025 | Novus Media Group Pvt.Ltd. | All Rights Reserved.